Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सात वर्षअघि निर्माण भएको फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेलको रुपमा निर्माणाधिन ‘पशुपतिप्रसाद २ : भष्मे डन’ को छायांकन पुरा भएको छ । सुटिङ सुरु भएको करिब ६० दिन खर्चिएर फिल्मको इन्डक्ल्याप गरिएको हो । निर्माण पक्षले फिल्म छायांकनमा झण्डै चार करोड खर्च गरेको दाबी गरेको छ । एक महिनामा नै छायांकन सक्ने योजनामा काम भए पनि छायांकन अवधि लम्बिदा बढी खर्च भएको उनीहरुको भनाई छ । फिल्मका निर्देशक दीपेन्द्र के खनालले फिल्मको लागतमा कुनै सम्झौता नगरेको दाबी गरे पनि फिल्मले प्रदर्शन पछि लगानी उठाउन झण्डै ११ करोडमाथिको व्यापारिक झण्डा गाड्नुपर्ने देखिन्छ । नेपालमा फिल्म निर्माणमा झण्डै डेढ करोड लगानी गर्दा पनि निर्मातालाई त्यो लगानी कसरी उठाउने भन्ने चिन्ता दिनरातको सपना हुन्छ । तर ‘पशुपतिप्रसाद २स् भष्मे डन’को लगानी अन्य फिल्मको भन्दा झण्डै दोब्बर छ ।
यो फिल्म आगामी दशैँको छेको पारेर फूलपातीमा नेपालसहित विदेशमा एकैसाथ रिलिज गर्ने योजना निर्माण टिमको छ । व्यापारिक पूर्वानुमान गर्ने हो भने फिल्मले लगानी उठाउनका लागि कुल कमाइको ३८ प्रतिशत कलेक्सन गर्नुपर्ने देखिन्छ । तब मात्र निर्माताको हातमा फाइदा हुन जाने छ । यसरी हेर्दा दीपेन्द्र के खनाल र निर्माता खगेन्द्र लामिछानेले फिल्मको प्रचारप्रसारलाई मलजल गर्न व्यापारिक हल्ला चलाएका हुन् या वास्तविकता हो, उनीहरु नै जानुन् । फिल्मको सुटिङ सुरु भएदेखि नै कलाकारको लुक्सहरु फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । आफ्ना कलाकारको लुक्स नै भाइरल भएपछि निर्माण पक्षले फिल्मप्रति दर्शकको चासो बढाउन कतै ४ करोडको प्रपञ्च त रचेका होइनन् ?
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल