Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिचान र स्वाभिमानको त्यो झिल्को

राज्यसंग कानुन छन् तर व्यवहार सुध्रिएको छैन जनमत पनि छ । सिद्धान्त विचार र आचरण छैनन् । राज्य संरचनाको अभियानमा अखण्ड सुदुर पश्चिमको आवाज घन्काउने भिम रावल लेखराज भट्ट त्रिलोचन भट्ट संगै जोडीएर त्यो आवाजलाई मात्र होइन भारतले अतिक्रमण गरेको लिपुलेक र लिम्मीयाधुराको बारेमा आफ्नो अभियान चलाउदै आएका सुरेन्द्र बढुहरु सामाजिक सुधारक आफैबाट गर्नु पर्छ भनेर चम्कीएकै हुन् । तर आमुल परिवर्तनको निमीत्त विद्रोह चम्कीएको रुकुम र रोल्पा जस्ता परिवर्तन मुखी जिल्लामा ठुलो जात र सानो जातको भेदभाव देखिदाँ राष्ट्रिय राजनितीको समेत शिर झुकेको छ । संगै खादा बस्दा मन्दिर जादैमा छुवाछुत जस्तो गलत चिन्तन हट्दो रहेनछ । परिवर्तन कागजी भएर भएन चिन्तन र व्यवहामा आउनु पर्दछ । यस्ता अभिव्यत्ती दिने बढुहरु अहिले अखण्ड सुदुरपश्चिममा भारतीय थिचोमीचो र सिमा अतिक्रमणको विरुद्ध जनतालाई गोल बन्द गर्ने अभियानमा किन ढिलाइगरिरहेका छन् ?
प्रधानमन्त्री केपी ओली ले राष्ट्रिय स्वाभिमान र सिमा सुरक्षाको निमीत्त लिएको अडानले देशलाई एक जुट बनाएको छ । यो बेला हिजो अखण्ड सुदर पश्चिमको नारा अगाडी सारेर जनतालाई गोल बन्द बनाउने सामाजिक अभियान्ता सुरेन्द्रहरुको त्यहाँ खाचो छ जहाँ छिमेकी देशले कोरोना भाइरसलाई दैनिक जसो कोसेलीको रुपमा नेपाललाई उपाहार दिइ रहेको छ । बढु जस्तै युवाहरु दलिय आवद्धता नभएपनि राष्ट्रियताको सवालमा जसरी जुटे त्यसरीनै सिंहदरबार संग पहुच भएका नेताहरु रावल र भट्ट द्धोयले समय अनुकुल राजनितीक दलहरुलाई बुझाउन सकेभने दार्चुलाका गणेश ठगुन्ना को निरन्तरतालाई साथ पुग्नेछ । कुटनितीक ढंगले सरकार अगाडी बढ्ने तयारी गरी रहेको समयमा पश्चिमको आवाजलाई संघिय राजधानिमा फिजाउनु पनि चानेचुने कुरो होइन । देश भतmी र राष्ट्रवादी भएवापत सुरेन्द्रलाई कुनै बेला नेपाल तरुण दलमा समावेश गराउने चर्चा पनि चलेकै हो । तर उनलाई कुन तत्वले काग्रेसमा समावेश हुन दिएन खोजीको विषय बन्नु पर्दछ । कसैको दास र हनुमान बन्न नसक्नेहरु विकृति र विसंगतीको विरुद्ध बोल्छन् । त्यही पात्र मध्यका सुरेन्द्रको यथास्थिती अन्याय अत्याचार प्रतिको विद्रोह गहनाको रुपमा लेखन तथा पुस्तका रुपमा आएको छ । पैतिस वर्ष अगाडी दाचुर्लामा जन्मेको त्यो युवा सुदुरपश्चिमको विकासका निमत्त आवाज उठाउने समुहहरुको भिडमा साथै थियो ।स्कुले जिवन देखि उच्च शिक्षा हासिल गर्दासम्म आफनै भाषा र संस्कृतिलाई माया गर्ने खम्बाका रुपमा चिनीयो । त्यही कारण रेडक्रस स्काउट रेयुकाई जेशिस जस्ता सामाजिक सस्थाहरुमा प्रवेश गर्ने बाटो भयो । त्यही समयमा सुरेन्द्रले– किन दुख्दैन कालापालनी– भन्ने कृती समाजलाई दिएको थियो । अहिले कालापानी नेपालको मात्र होइन अन्तरष्ट्रिय जगतको ध्यान केन्द्रित गर्ने एजेण्डा बनेको छ । राष्ट्रनिर्माणका लागी युवा शतिmलाई परिचालन गर्नु पर्ने आमधारणा रहेको छ । यो यात्रामा जो खट्छ त्यसले दलिय आवद्धता भएको भए ठाउँ पाउथ्यो । तर सुरेन्द्रहरुलाई सरकारको तहबाट १८ जना सांसद मनोनित गर्ने संविधान सभाको व्यवस्थाका समयमा पनि दलिय आवद्धता नहुदाँ ठाउँ दिइएन । सार्वभौम अखण्डता राट्रिय स्वाभिमान देश भतmी अहिलेको मुद्धा बन्दैछ । सुरेन्द्र जस्ता युवाहरुलाई समेट्नका निमीत्त हिजो अखण्ड सुदुर पश्चिमको अभियानमा खटेका भिम रावल , लेखराज भट्ट ,त्रिलोचन भट्ट, दिलेन्द्र बढु, गणेश ठगुन्नाहरुले आफ्नो भाग खोस्छ की भनेर समेटन नसकेका त होइनन् ?
जुन शतिmले पहिचानको झन्डा उठाउछँ त्यो शतिmलाई लिम्पीयाधुरा लिपुलेख मात्र होइन महेशपुर सुस्ता माने भन्ज्याड जस्ता १८८० कि मी क्षेत्रको सिमा रक्षा हुनुपर्ने बताउछ । राजनितीक परिवर्तन ठुला अन्दोलनबाट भएपनि राजकीय सत्ताले त्यस्ता अवाजहरुलाई ध्यान दिएन । पाटी जुनसुकै होस आर्दश र सिद्धान्तको राजनिती भित्र मौलाएको राष्ट्रवाद कसैको दान होइन । देशको गरिमा र आत्म गौरबको आवाज आफ्नो लेखनबाट पनि बुलन्ध बनाउने सुरेन्द्रहरु त्यो जनमतका सानो कर्ण भएपनि राज्यले उनीहरुलाई समयमा समेटन पर्ने आवश्यकता यती खेर बढेको छ ।जति खेर सुदुर पश्चिममा छिमेकीले नेपाली भुमी मात्र मिचेको छैन कोरोना भाइरसको माहामारी पनि भित्र्याइदिएको छ ।