Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तर भइरहेको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरसहित दुई स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण दुवै सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समेत कठिनाइ भइरहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।