Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरोले लियो एकै परिवारका ३ जनाको ज्यान

गुल्मी।पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। राति करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।

उनीहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। फाइल फाेटाे