Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, नदी किनारामा उच्च जोखिम

काठमाडौं । मनसुन नेपाल प्रवेश गरेपछि दिनदिनै वर्षा भइरहेको छ। अहिले बिहान पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली (आकाशमा बादल) रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ। ‘काठमाडौं उपत्यकामा अहिले बादल लागिरहेको छ, यो बादल बिस्तारै वर्षामा परिणत हुनेछ’, उनले भने, ‘आजलाई उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ।’ मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। मौसम महाशाखाका अनुसार आज राति कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली आकाशमा बादल रही बाँकी प्रदेशमा सामान्यदखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाले आगामी २४ घण्टा सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ– बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा र मेघगर्जनरचट्याङका कारण हुनसक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


सम्बन्धित समाचार