Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच हजार दुई सय प्रहरीले कब्जा गरे सडक

काठमाण्डौ । आजदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् । त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थानमा कोन राखेर चेकजाँच गरिएको छ । त्यसबारे वृत र प्रभागका इन्चार्जहरुले आ–आफ्नो क्षेत्रमा पिकेट ड्युटी, मोबाइल र सीआरभी परिचालन गरेर आवागमनलाई निगरानी गरिरहेको छ । आज बिहानसम्म मात्र १ हजार १ सय ६२ मानिस तथा ४३८ सवारी होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह रठौरले बताएका छन् ।


सम्बन्धित समाचार