Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । उनले शक्ति पृथकीकरणका आधारमा चल्नुपर्ने राज्यका तीनवटै निकायहरू असफल भइसकेको बताए । न्यायाधीशहरू नै पोल खोलाखोलमा लागेकाले अदालतप्रतिको जनताको भरोसा टुटेको उनको भनाइ थियो ‘हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्ने श्रीमान् न्यायाधीशहरू । यति घण्टा, यति बजे भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईंहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ । तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । अहिले एकजनाले किन रु तपाईहरु पाँचैजनाले राजीनामा गरे हुन्न रु’ ओलीले सोधे,‘ लोकतन्त्रमा जनताको आशा भरोसा न्याय प्रणालीप्रति हुनुपर्छ । अन्त न्याय नपाए अदालत गएपछि पाइन्छ भन्ने हुनुपर्छ । तर के आज त्यो स्थिति छ रु’ उनले जनतालाई समस्या परेका मुद्दा त पेन्डिङमै रहेको र नक्कली मुद्दाहरू खडा गर्ने काम भइरहेको आरोप लगाए ।
यो न्यायाधीश राख्नुहुन्छ । त्यो न्यायाधीश राख्नुहुन्न । यो न्यायाधीश राखे आफू नबस्ने, बस्छु भन्नेलाई छाड्न लगाउने । बस्दिन भनेर छाडेकालाई राखिने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गठन गर्नेजस्ता अभ्यासहरू भइरहेका छन्,’ उनले भने,‘ म कानुन व्यवसायी होइन । कानुन व्यवसाय गर्नेले त संविधान बुझ्नुपर्नेजस्तो लाग्छ । संविधानमा हुँदै नभएको कुरा, राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर, यति बजेभित्र, चौबिस घण्टामा भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने अहिले तपाईंहरू पोल खोला खोला गर्दै हुनुहुन्छ ।’
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल