Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाइलटले आफ्नै दाजुभाईलाई बाटो रोकेपछि….

सामाखुशीमा एकजना पाइलटले आफ्नै दाजुभाई र दिदीको घर जाने बाटो रोकेर आकाशबाट उडेर जानुपर्ने अवस्था बनाइदिन खोजेका छन् । उनले चलनचल्तीको आवतजावतको बाटो रोकेर पुख्र्यौली जग्गामा बनेका पछाडिका घरलाई अप्ठ्यारो पार्ने चलखेल गरेका छन् । यसले सामाखुशीको चिल्ड्रेन पार्क नजिकै प्रतिष्ठित थापा परिवारमा ठूलै झमेला आइलागेको छ । बाजेको पालादेखि सेनाका उच्च अधिकारी थापा परिवार आपसी झगडाले समस्यामा परेको छ । झगडा काठमाण्डौं जिल्ला अदालतसम्म पुगेको छ ।
सामाखुशीमार्ग गल्कुपाखामा मूल सडकमै जोडिएको घर कुनैबेला नाम चलेका सेनाका मेजर डम्बर बहादुर थापाको हो । ४ छोराहरु यसरी झगडा गर्लान् भनेर दिवंगत पूर्व मेजरले कहिले सोचेका थिएनन् होला । छोराहरु पनि पढेलेखेर राम्रै स्थान बनाएका थिए । जेठा राजेन्द्रकुमार थापा बैंकबाट सेवानिवृत्त भएर पेन्सन थाप्छन् । माइला गोपालबहादुर थापा केही वर्ष अघि मात्र सेवानिवृत्त कर्णेल हुन् । सेनामा उनको राम्रो पहिचान थियो ।
मुद्दा दायर गर्नेसाइला रामबहादुर थापाले अमेरिकामा पाइलट प्रशिक्षण लिई बेरोजगार बसेका थिए । उतै विवाह गरि अमेरिकी नागरिकता पनि लिएका थिए । बाबुआमालाई भविष्यमा आफूलाई अंश चाहिंदैन बरु पाइलट पढ्न खर्च दिनु भनेर हैरान गरे पछि बाबुआमाले पनि छोराको ढिपिसामु केही नलागेपछि पढ्न खर्च दिएर पठाए । अमेरिकामै घरजम गरे । उतैको नागरिकसँग विवाह गरेर बसेका राम बहादुरकोवैवाहिक जीवन लामो समय टिकेन । उनी १२÷१३ वर्ष अघि बेखर्ची भई दाजु राजेन्द्र कुमार थापाले टिकट काटिदिए पछि उनी नेपाल फर्किए । उनले अमेरिकी नागरिकता त्यागेका छैनन् र पनि कतिपय काममा नेपाली नागरिकता रकतिपय काममा अमेरिकी पासपोर्ट प्रयोग गरिरहेका छन् अमेरिकी नागरिकको हैसियतले प्रत्येक वर्ष भिसा थप्दै नेपालमै घरजम गरि बेरोजगार भैबसेका छन् ।
डम्बरबहादुरका कान्छा छोरा दिपकबहादुर थापा सेनामा कर्णेल छन्। एउटी छोरी बुना थापा भने राम्ररी बोल्न सक्दिनन् र अविवाहित नै छिन् ।
सामाखुशी गोल्कुपाखामा थापा परिवारको अहिलेको विवाद उनै साइला रामबहादुर थापाको कारण भएको हो । ४० वर्ष देखि थापा परिवारको सामूहिक प्रयोगमा रहेको इनार, पाइपलाइन, ढललाइन भएको चलनचल्तीको आवतजावत गर्ने बाटो पूर्जामा आफ्नो भएकाले प्रयोग गर्न दिन्न भन्दै रोक्न लागिपरेका छन् । अड्डा अदालत दौडिएर भएपनि दाजुभाई र बोल्न नसक्ने दिदीलाई अप्ठ्यारो पार्न सक्रिय छन् ।
रामबहाुदरले साविक देखिको चलनचल्तीको सबै दाजुभाई र दिदीले प्रयोग गरिरहेको बाटो नै यतिका वर्ष पछि मेरो हो र म हिंड्न दिन्नँ भनेपछि विवाद चर्कियो । त्यसपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा पुग्यो । त्यो बाटो रोकिएमा दाजु, भाई र दिदीको भागको घरमा पस्नेनिकास नै हुँदैन । तर, उनी कुनै हालतमा रोक्नलाई अदालत पुगेका छन् । उनको तर्फबाट श्रीमती हेलेन न्यौपाने वारेस बसेर अदालतमा हारगुहार गर्दै दौडधूपमा पुग्ने गरेकी छिन् । अदालतको आदेश बमोजिम खटिएका अमिनलाई समेत प्रभावमा पारेर साविक देखि सबै घरहरुले आवतजावत गर्दै आएको यथास्थितिको बाटोको नक्शांकन नै हेरफेर गरी नक्शा नै यताउता बनाई मुद्दालाई प्रभावित पार्न खोजिएको देखिन्छ ।
रामबहादुर अत्याधिक खर्चालु भएकाले अमेरिकाबाट रित्तै फर्किए । उनी रक्सी र जुवाको नशामा परी धेरै पैसा पनि गुमाए र तत्पश्यात अमेरिकाबाट फर्किएर दाजुभाई र दिदीविरुद्ध खनिन पुगे । दाजुभाईहरुको प्रगति देख्न नसकि दुःख दिने नियतले बाबुआमाको पालादेखिनै सामुहिक प्रयोग हुँदै आएको चलनचल्तीको बाटोलाई ४० औं वर्षपछि हाल आएर गेट लगाई बाटो बन्द गर्न खोजेपछि विवाद अदालत सम्म पुगेकोछ ।
स्थलगत नापनक्शामा पनि चलनचल्तीको बाटोमा ढोकाहरु देखाइएको छ । विवाद झिक्नेस्वंयम् रामबहादुरले प्रयोग गर्ने बाटो पनि त्यही हो । दाजुभाई र दिदीले पनि चलनचल्तीको सोही बाटो प्रयोग गर्छन् । तर, साइला रामबहादुर थापा अरुलाई रोकेर पैतृक सम्पत्तिमा बनेको दाजुभाई र दिदीको घरमा जान नसक्ने बनाउन मरिमेटेर लागेका छन् । दाजुभाई जुधे गवार लुटे भने जस्तो भएको छ थापा परिवारमा । हाल प्रयोगमा रहेको सबै घरहरु दिवंगत मेजर डम्बरबहादुर थापालेनै निर्माण गरी अंशवण्डा गरेका हुन् । त्यहाँ रहेका घरहरुको एकमात्र निकासको रुपमा प्रयोग हुँदै आएको कित्ता नं १७० हालको कित्ता नम्बर १४९ को खाली जग्गा बाटो प्रयोजनको रुपमा प्रयोगमा भएकोले अंशवण्डामा समेत बाँडफाँड नगरिएको बताउँछन् राजेन्द्रकुमार थापा । अंशवन्डा भएपछि चलनचल्तीको बाटो कायमै रह्यो । तर, रामबहादुरले अशवन्डा हुनुभन्दा अगाडिको पूर्जाका आधारमा बखेडा भिकिरहेको खुलेको छ ।
घरहरुको नक्शा पासको लागि चलनचल्तीको बाटो कि.नं. १४९ नै देखाई नक्शामै ढोका भर्याङ आदि समेत देखाइएको छ । काठमाडौं महानगरपालिका वडा कार्यालयले समेत उक्त जग्गा बाटो भनी प्रमाणित गरिदिएको देखिन्छ । महानगरपालिकाबाट नक्शापासको साथै कतिपय निर्माण सम्पन्नताको कागजात प्रमाणपत्र समेत प्राप्त भइसकेको छ । नक्शा पासभै निर्माण सम्पन्नताको प्रमाणपत्र समेत प्राप्त भइसकेको चलनचल्तीको आवतजावतको बाटो, बाटोमै इनार, ढल र पाइपलाइन देखिदा समेत रामबहादुरले बखेडा झिकेर दाजुभाई र दिदीको घरमा जान रोक लगाउन खोजेर बखेडा मात्र झिकेको बताउँछन् दाजु राजेन्द्र थापा ।
अदालतबाट अवण्डा रहेको चलनचल्तीको आवतजावत गरिरहेको बाटो रोक्ने आदेश आएमा रामबहादुरका दिदी र दाजुभाई आकाशबाट जानुपर्ने अवस्था बन्नेछ । बाबु डम्बरबहादुरका एक छोरा र एक छोरीका लागि आफ्नै घर जाने निकास बन्द हुनेछ । तर, कानूनी रुपमा चलनचल्तीको आवतजावतको बाटो रोक्न मिल्दैन । त्यसमाथि उक्त बाटोमा ढल, खानेपानीको पाइप र इनार समेत प्रयोगमा रहेको स्पष्ट देखिन्छ ।
नक्शापास हुँदा हिंड्ने बाटो कायम भएको, निर्माण सम्पन्नताको प्रमाणपत्र पनि लिइसकेको अवस्थामा चल्तीको बाटो रोक्न नपाइने जिकिर कानुनविदहरु गर्दछन् ।२६ नम्बरको वडाध्यक्षका रुपमा रहेकाख्यामराज तिवारीले पारिवारिक बाटो भनी हस्ताक्षरसहितको पत्र भवन निर्माण इजाजत विभाग र मालपोत कार्यालयलाई समेत पठाएको देखिन्छ ।
काठमाडौं महानगरपालिका कार्यालयले २५ भाद्र २०७६ मा राजेन्द्रकुमार थापा र दिपक बहादुर थापाको संयुक्त नाममा दर्ता कायम भएको ४०१ कित्ता नम्बरको र राजेन्द्रकुमार थापा र बुना थापाको संयुक्त नाउँमा दर्ता कायम भएको ४०० कित्ता नम्बरमा निर्माण भएको घर जग्गामा जानका लागि उत्तर तर्फबाट चलनचल्तीको बाटो प्रयोगमा देखिन्छ । ४० वर्ष देखि बाटो र निकास रहेको उक्त खाली जग्गा अदालतबाट खटिएको अमिनले नक्शांकनमा फेरबदल पारिदिएपछि आशंकाहरु जन्मिएका छन् ।
कित्ता नम्बर ४०० मा निर्माण भएका घर मध्ये दक्षिणतर्फको राजेन्द्र थापाको अंश भागमा परी भोगचलनमा रहेको छ । ४०१ कित्ताको घरमध्ये उत्तरतर्फको २ वटा सटरहरु दिपकबहादुर थापाको अंश भागमा परी भोगचलन रहको छ । कित्ता नम्बर १४९ को विवादित जग्गाको चल्तीको बाटो दिपकबहादुर थापा, बुना थापाको भागमा रहेको ४०० नम्बरको कित्ताको जग्गाका लागि समेत आवतजावतका लागि प्रयोगमा दखिन्छ । ४० वर्ष देखि बाटो र निकास रहेकोमा उक्त जग्गा अदालतबाट खटिएका अमिनले चलखेल गरी नक्सांकनमा निकास नै गायब पारिदिएपछि पीडितहरु समस्यामा परेको देखिन्छ । बोल्न नसक्ने बहिरी बुना थापाको भागमा परेको जग्गामा समेत रामबहादुर थापाले बाटो राकिदिने प्रयास गरेका छन् ।
पछिल्लो समय अमिनले चलनचल्तीको बाटोमा ढल र पाइपलाइन देखाएतापनि अदालतको आदेश अनुरुप बुना थापा र दिपक थापाको घरको उत्तरतर्फको झ्यालढोका र भर्याङलगायता अरु संरचनाहरु नदेखाएकोले विवादित बनेको छ । बाटोको प्रयोग बाबुको पालादेखि भइआएको र अंशवण्डा गर्दा समेत बाटो प्रयोगका लागि छाडिएको देखिन्छ । तर, अंशवण्डा हुनु अगाडिको लालपूर्जा भएकै आधारमा एउटाले बाँकी दाजुभाई र दिदीलाई असजिलो पारिदिएका छन् । जेठा राजेन्द्रकुमार थापाको सटरको भित्री बाटोबाट आवतजावत गरेको भनी रामबहादुर थापाले झुटा विवरण दिई अदालतलाई प्रभावित बनाउन खोजेको देखिन्छ । दिपकबहादुर थापाले आफूले राजेन्द्रकुमार थापाको सटरभित्रको हिंड्ने बाटो नभई रामबहादुर थापाको घरको दक्षिणतर्फको चलनचल्तीको बाटो प्रयोग गर्दै आएको उल्लेख गरेका छन् । रामबहादुरले बदनीयतपूर्ण तरिकाले गलत व्यवहोरा उल्लेख गरी अदालतबाट खटिएका अमिनमाफर्त गलत नक्शांकन तयार गरिएको बताउँछन् राजेन्द्रकुमार थापा । बुना थापाले पनि त्यस्तै पत्र लेखेकी छिन् । उनले पनि चलनचल्तीको रामबहादुर थापाको दक्षिणतर्फको बाटो प्रयोग गर्दै आएको र गलत नक्शांकन तयार पारिएको उल्लेख गरेकी छिन् ।
यसरी समाज देखि अदालतसम्म पनि छताछुल्ल भएको प्रतिष्ठित थापा परिवारको झगडाले कुनै जमानाका नाम चलेका सैनिक अधिकृत डम्बर बहादुर थापाका छोराहरु समस्यामा परेका छन् । मुद्दा दायर गरी बाटो रोक्ने प्रयास गरेका रामबहादुरले इन्जिनियररिङ कलेज पुल्चोकबाट प्रमाणपत्र तह पास गरेपछि घरपरिवारमा भविष्यमा मलाई अंशवापत् केही चाहिंदैन बरु मलाई अमेरिकामा पाइलट पढ्ने खर्च दिनु भने मुताविक बाबुअमाको खर्चमा पाइलट अध्ययन गरेका थिए । अमेरिकामा बस्दा नै आफ्नो आर्थिक अवस्था कमजोर भएको पाइलट जागिर नपाएको भनी गुनासो गरेपछि बाबु डम्बरबहादुर थापाले बाँकी छोराछोरीहरुसँग सल्लाहमै अंश दिएको खुलेको छ । तर, उनले तिनै आमाबाबुकोमृत्यु हुँदा परम्परागत रुपमा गर्नुपर्ने काजक्रिया समेत गरेनन् । अरु त अरु काजक्रिया बसेका दाजुभाई र दिदीलाई क्रिया बसेको स्थानमा १ दिन पनि मुख देखाउन नआएका राम बहादुर र उनका परिवार हाल तिनै बाबुआमाले स्वःआर्जन गरेको सम्पत्ति ओगटेर वर्षैां देखिको प्रचलनको बाटोमा बखेडा झिक्नु निन्दनिय देखिन्छ ।
२३ असार २०७९ मा जिल्ला अदालत काठमाण्डौंमा चलनचल्तीको आवतजावतको बाटोको विषयको मुद्दामा बहस हुँदा अदालतको आदेश बमोजिम फल्ड भिजिट नभएको र अदालतबाट खटिएका अमिनको चलखेलबाट तयार पारिएको प्रतिवेदन गलत रहेकोले उक्त नक्सा बदर गरी पुःन फिल्ड भिजिटगराई पाउँ भनी राजेन्द्र कुमार, दिपक र बुना थापाले निवेदन दर्ता गरेका छन् । यसबारे अदालतमा यहि साउन १३ गते सुनुवाई हुँदैछ । यसरी अदालतले ४० औं वर्षदेखि आवतजावतमा प्रयोग भइआएको चलनचल्तीको बाटो नै रोक्ने आदेश कानूनले पनि दिन नमिल्ने कानूनव्यवसायीहरु बताउँछन् । त्यसमाथि पनि अंशवन्डा भएको २१÷२२ वर्षपछि मुद्दा दायर गर्नु अदालतको हदम्यादको कारण समेत रामबहादुरले दायर गरेको मुद्दा बदरहुनुपर्ने कानूनव्यवसायीहरु बताउँछन। उनका लागि चलनचल्तीको बाटो रोक्काउने आदेश ल्याउन कठिन नै देखिन्छ । त्यसमाथि उक्त चलनचल्तीको बाटोमा ४० वर्ष पुरानो सामुहिक ढल, पानीको पाइपलाइन र इनार प्रमाणको रुपमा रहेको र बाबुआमाले निर्माण गरेका सबै घरहरुको एक मात्रउक्त निकास रोकिएमा आकाशबाट उडेर कसरी आवतजावत गर्लान् भनी छिमेकीले समेत चासो देखाएका छन् ।


सम्बन्धित समाचार