Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाथीभरा देबिको आँगनमा झगडा र हानाहान भएपछि

२३ कात्तिक, काठमाडौं। पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले बताए । उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु पनि लाग्यो, उनले भने, यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।

पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो ।

बकाइदा सरकारले अनुमति दिएर शिलान्यास गर्दा पनि उहाँहरुले विवाद झिक्नुभयो, प्रशासनबाट पनि हामीलाई पर्याप्त सहयोग भएन, मेयर मादेनले थपे ।

प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको थियो । त्यसक्रममा निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।

निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपटिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो, निरौलाले भने, दुवै पक्षतर्फ घाइते भएका छन् ।

पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।


सम्बन्धित समाचार