Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वर्षादको समयमा पनि काठमाडौंलगायत देशभरका शहरी क्षेत्रमा पानीको हाहाकार बढ्दैछ । जनतालाई मेलम्चीको सपना देखाएर तीस वर्षपछि सम्पन्न भएको आयोजना समेत मर्मतको नाममा दुई महिना रोकिँदा सो क्षेत्रमा आएको भीषण बाढी पहिरोका कारण कहिले सूचारु हुन्छ निश्चित छैन । सरकारले कोरोना नियन्त्रणक नाममा निषेधाज्ञा जारी गरेपछिको अवधिलाई उपयोग गरेर काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले पुराना पाइप मर्मत गरेको भए चलिहरेको पानीको गुणात्मक सुरक्षा गर्नका निम्ति पनि पुराना पाइप मर्मत गर्नु पर्दथ्यो ।
राजधानीमा भूमिगत पानी प्रशोधन गरेर वितरण गर्ने प्रक्रियालाई काठमाडाैं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लगानी गर्दै आएको छ । केयुकेएलका महाप्रबन्धक मिलन शाक्य र बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणा दुवै खानेपानी संस्थानबाट सेवा प्रवेश गरेका र उपत्यकाको खानेपानी समस्यासँग चिरपरिचित छन् । तर, यतिखेर ठूलो बजेट भएका महाराजगञ्ज, त्रिपुरेश्वर, महांकालचौर, कीर्तीपुर शाखाले हेर्ने शहरी क्षेत्र पानी चुहावट र हाहाकारमा ग्रस्त छ । ललितपुर शाखाले ठूलो एरिया हेर्ने भएकाले पानीको स्रोत पनि त्यो जिल्लामा प्रशस्त हुँदा काठमाडौंको जस्तो एक दिन धारामा पानी नआउँदा हाहाकार हुँदैन ।
सरकारले मेलम्चीको पानी केयुकेएलको पुरानै पाइपलाइनबाट वितरण गरेको अवस्थामा धेरै ठाउँमा पाइपहरूबाट चुहावट भएको छ । यस्तो अवस्थामा मर्मत नहुँदा जनतालाई चित्त बुझाउने ठाउँ पनि केयुकेएलसँग छैन । जनताको घरमा पानी आउँदैन, सडक साउनको खेत जस्तो भएको छ । चुहावट मात्रै नियन्त्रण गर्ने हो भने केयुकेएलले हरेक साता पानी वितरणको तालिका परिवर्तन गर्नु पर्दैन । अमेरिकी दूतावास अगाडिको चुहावट नियन्त्रणका लागि जिम्मेवारी लिएको महाराजगञ्ज शाखाले महिनौ बित्दा समेत चुहावट रोकेको छैन । त्यो सडकबाट सयौं भिआईपीहरूहो ओहोरदोहोर हुन्छ तर मर्मतको काम भएको छैन ।
यस्तै स्थिति बानेश्र र क्षेत्रपाटी शाखाका एरियामा पनि देखिन्छन् । राजधानीमा पानीको स्रोतको खोजी गर्दा भूमिगत पानी नै महत्वपूर्ण मानिन्छ । पुराना धारा र मुलहरू सुकेको अवस्थामा पानी वितरणको प्रक्रियामा गढबढी आउनु स्वाभाविक हो । खानेपानी व्यवस्थापन बोर्डले ट्याकरबाट वितरण हुने पानीको अनुगमन गरे पनि जारमा वितरण हुने पानीको निगरानी गर्ने जिम्मा बाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता विभागलाई दिइएको छ । तर त्यो पानीको अनुगमन गर्ने प्राविधिक पक्ष कमजोर भएकाले जारका पानी कारखानाहरूले आफ्ना उत्पादनहरू स्वस्थबद्र्धक दिन सकिरहेका छैनन् ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल