Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं, ती चिकित्सकले भने, अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।
पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ भन्ने प्रश्न ती चिकित्सकले भने, राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।
ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।
२०८१ फाल्गुन १९
ताजा नेपाल
२०८१ फाल्गुन १९
ताजा नेपाल
२०८१ फाल्गुन १९
ताजा नेपाल