Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी एकताले पछुताउँदैछन् कुलमान

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएर पूर्णकालिन रा।जनीतिमा लाग्न तयार भएका कुलमान घिसिङको आगामी यात्रा अझै अन्योलमा रहेको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको एकीकरण अझै द्विविधामा छ । दुई पक्षबीच एकीकरणको सहमति भए पनि अझै कयौँ मतभिन्नता कायमै रहँदा सहयात्रामा जटिलता देखिएको हो । दुई पक्षबीच मुद्दामा एकरूपता भए पनि पद विभाजनमा कुरो नमिल्दा एकता अन्योलमा परेको छ । सार्वजनिक प्रश्न उठेपछि तीनवटा मन्त्रालय सम्हालेका उज्यालो नेपालका नेता कुलमान घिसिङले बुधबार सरकारबाट राजीनामा दिएका छन् । यद्यपि उनले मंगलबार इन्जिनियरहरूको एक कार्यक्रममा आफू कुनै पार्टीको सदस्य बनिनसकेको बताएका थिए । तर प्रधानमन्त्री सुशीला कार्कीले बर्खास्त गर्ने अवस्था आउनुअघि नै उनले राजीनामा दिएका हुन् । गत पुस १४ गते बेलुका कुलमानलाई बौद्धको एक होटलबाट टिपेर जेनजी अभियन्ता सुदन गुरुङले रवि लामिछाने र बालेन साह बसेको कमल पोखरीस्थित घरमा पुर्‍याएका थिए । त्यसपछि त्यही उनीहरूबीच पार्टी एकतामा सहमति भएको थियो । जुन सहमतिअनुसार कुलमान रास्वपाको दोस्रो वरीयतासहित उपसभापति हुने उल्लेख थियो । तर त्यसबेला गरेको एकता अहिले कुलमानका लागि घाँडो भएको छ । तीनवटा मन्त्रालयसहित सरकारमा रहेका उने तीन महिनामै मन्त्री पदबाट हात धुनु परेको छ। त्यबसेला उज्यालो नेपाललाई रास्वपामा विलय गराउँदा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। जसमा कुलमानलाई रास्वपा सभापति रवि लामिछानेपछिको वरीयता र उपसभापति पद दिने सहमति भएको थियो । अन्य पदहरूबारे एकता प्रक्रियापछि आयोजना घोषणा सभामा सार्वजनिक गरिने सहमति भएको थियो । उज्यालो नेपालले रास्वपासँग पूरक सहमति गरेर संघीयता, धर्मनिरपेक्ष राज्य , गणतन्त्र, बहुसंस्कृतिवाद, राष्ट्रिय एकता संघीय लोकतान्त्रिक समावेशिता र समानुपातिकतालाई स्पष्ट किटान गर्नुपर्ने माग राखेको थियो । यस मागबारे केही दिनअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक देखिएर विधान र घोषणापत्रमा समेट्ने र पूरक सहमतिमा उल्लेख गर्ने बताएको थियो । तर रास्वपा अहिले त्यो सहमतिबाट पनि पछि हट्न खोजेको संकेत कुलमानले पाएका छन् । सहमति कार्यान्वयनमा आलटाल गरिएपछि बिहीबार रास्वपा सभापति लामिछाने र उज्यालोका नेता घिसिङबीच वार्ता हुन लागेको छ । बिहीबार बिहान केन्द्रीय समिति बैठक राखेका कुलमानले अपराह्न ४ बजेपछि लामिछानेलाई भेटेर निर्णायक छलफल गर्ने तयारी गरेका छन् । उनले त्यसपछि कसरी अगाडि बढ्ने विषयमा निर्णय लिनेछन् । लामिछाने चितवन गएका छन् । अपराह्न ४ बजेपछि उनी काठमाडौँ फर्किने तयारी छ । त्यसपछि घिसिङसँग बस्ने जानकारी आफूहरूलाई आएको रास्वपा सचिवालयका एक सदस्यले बताए । बौद्धमा बसेको उज्यालो नेपालको केन्द्रीय कमिटी बैठकमा कुलमानले पनि हतारमा कच्चा सहमति गरेको बिहीबार स्वीकारेका छन् । उनले सहमतिअनुसार रास्वपा अगाडि बढ्ने विश्वासमा परेर हतारमा सहमति गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताहरू कुलमानलाई विधान संशोधन गरेर अब थप एक महामन्त्री र एक उपसभापति दिने विषयमा सहमतिका लागि तयार छैनन् । सभापति लामिछानेले यसबारे उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालसँग छलफलमा छन् । उनीहरू यसमा सहमत नभएको रिपोर्टिङ उनेपामा पुगेको छ। यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि कुलमानलाई थप एक उपसभापति र महामन्त्री दिएर पार्टीमा स्थान दिन नसकिने अडान लिएको स्रोतको दाबी छ । तर कुलमान पक्षीय नेताहरूले पूरक सहमतिका लागि पत्र तयार नभएको र पद पनि दिन रास्वपाले नमाने जस्तो गरेको स्थितिलाई लिएर उज्यालोको बैठकमा समीक्षा गरेका छन् ।


सम्बन्धित समाचार