Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ । पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजेका लागि सारिएको हो । केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो । बढी पसेपछि अहिले पार्टी कार्यालय सरसफाइ र मर्मतको काम भइरहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल