Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी फुटको फुइँ नगर

  • इश्वरी वाग्ले

राम्रो गर पार्टीका नेताहरूसँग छलफल गरेर राष्ट्रको सार्वभौम हित र जनताको हितमा काम गर, भ्रष्टाचारीलाई पाखा लगाउ गुटबन्दीबाट पार्टी चलाउन नखोज, बोलेको कुरा पूरा गर, भ्रष्टाचार काण्डका फाइल खोतल, कालो बजार नियन्त्रण गर, बिचौलिया र दलाललाई नै काखी नच्याप । जनताको जीवन गुजारामाथिको संकट हटाउ, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रगत आधार खडा गर भनेको हो । राजीनामाको विषय अहिले आएकै होइन । तर प्रधानमन्त्री केपी ओलीले प्रसंग बिनाको हल्ला त्यसबेला चलाए जुनबेला भारतका गुप्तचरको भ्रमण र भेटघाटको तरंग नसेलाउँदै चिनियाँ सेनाप्रमुख नेपाल भ्रमणमा आउने अघिल्लो दिन थियो । जबजको आडमा मदन भण्डारी फाउन्डेशनलाई सक्रिय बनाउने उर्दी जारी भयो । त्यो बेला भारतीय सेना प्रमुख आएका थिए । प्रम ओलीको शासनमै भ्रष्टाचारमा इतिहास रचेको छ । अनुशासन हिनता, अराजकता बढाइएको छ । प्रमको अराजकताले उनको टिम पनि विधि र प्रक्रियाको ख्याल नगर्नेमा सक्रिय छ । सरकारी पैसा खर्च गरेर चामलको व्यापार गर्ने खाद्य व्यापार कम्पनीले समेत कानुनको ख्याल नगरी गोदाममा चामल कुहाएको छ । जनताले कम्पनीले तोकेको चामल खरिद गरेकै थियो । तर दुर्गम जिल्लामा चामल छैन, त्यहाँ पुग्ने चामल सुर्खेतबाट भक्तपुर ल्याउने गरि बेचिएको यही सरकारको पालामा हो । यो बेथितिको नमूना हो । नेकपाले दिएको सुनाम छैन धेरै बदनाम छ । कोडिभ १९ को नाममा भएको भ्रष्टाचार त संसारले देख्यो । नीतिगत लुटको कथा छँदैछ । कुन भ्रष्टाचारी कारबाहीमा परे खरदार र मुखियाबाहेक । हजार रूपैयाँ खाएको आरोपमा कारबाही गर्ने त्यो अख्तियार प्रम ओलीको लुटमा साक्षी छ । कहाँ छैन लुट, मानव सेवा सँग जोडिएको स्वास्थ्य क्षेत्र अहिले जस्तो बदनाम कहिल्यै भएन । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उस्तै बदनाम छन् । सरकारलाई जनताले कर ति¥यो तर सरकारले उपचार गर्न सक्दिन भनेर हात उठायो । त्यो पनि कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको बेलामा । कहाँ छ प्रम ओलीको कम्युनिष्ट आचरण र व्यवहार ? किन यस्तो अचाडू भए प्रम ओली ? किन यसरी बिग्रियो सरकार । पार्टीको इज्जत कतै छैन कार्यकर्ता समेतको शिर ठाडो भएन । दशैं भत्ता नेता र उनका खेतालाले पाए, जनताले केही पाएनन् । राम राज्य बनाउने नालायक नेताहरूले राष्ट्र, जनता, धर्म र चरित्रको ख्याल गरेको भए यो अवस्था आउने थिएन । राज्यको जिम्मेवारी केही हुँदैन नेकपाको लूटतन्त्रमा ? जहाँ पार्टी, सिद्धान्त, विचार, विधि र प्रक्रियामा चलाइएकै छैन । एमालेका महासचिव हुँदा माधव नेपालले त पार्टी अनुशासन स्थापित गराएकै हुन् । त्यो बेला पनि यिनै ओली हुन् अराजक । जसले पार्टीको जिम्मेवारी कहिल्यै पूरा गरेनन् । बरु राजतन्त्रको सेवक बनेर परिवर्तनकारी आन्दोलनको खिल्ली उडाए । राजनीतिमा नैतिकता नहुँदा अराजकता जाग्छ । अहिले सरकार नामको खञ्चुवा दस्ताको काम देश लुट्ने भएको कारण नै प्रम ओली र उनको मण्डलीको पौरख चम्केको हो । यस्तो टिम जनताबाट बहिष्कारमा पर्छ कुर्नुपर्छ त्यो दिन आउँछ ।
गरिबले अस्पतालको बेड पाउँदैन । शिक्षण अस्पतालका कर्मचारीले समेत बेड नपाउने बेथिति सार्वजनिक भएकै दिन प्रम ओलीले त्यही अस्पतालभित्र पुगेर आफ्नो दम्भ देखाए । उनी परमेश्वर भए फर्माइस आफ्नै गरे, वरिपरिकाले परर ताली पिटे । उनलाई प्रधानमन्त्री नेकपाले बनाएको हो । भोट जनताले नेकपालाई दिएको हो । मत दिने जनता प्रधानमन्त्री बनाउने पार्टीलाई ओलीले कहीं ठाउँ राखेनन् । विश्व महामारीका बेला सरकारको तर्फबाट रोग, भोक र पीडामा कुन त्यस्तो स्मरण लायक योजना आयो ? भ्रष्टाचार र बेथितिको तमासा जगाउँदै एनजीओबाट पार्टी चलाउन थालिएकै छ । सरकारका अपराधविरुद्ध संसदमा आवाज उठ्छ, मन्त्रीको लूट चरित्रको भण्डाफोर हुन्छ, सरकारले सामना गर्न सक्दैन भनेर नै संसद बैठक रातारात स्थगित गरियो । बैठक चल्थ्यो भने त्यहाँ ओम्नी, यति होल्डिङ, थामसेर्कु जस्ता काण्डहरू छरपस्ट हुन्थे । कम्युनिष्ट शासनले जनताको सेवा गरोस्, मुलुकको समृद्धि र विकास होस् भन्ने चाहना गर्न पार्टीले पाउँछ । तर प्रम पार्टीका बैठकमा विकास र समृद्धिका योजना राख्दैनन् । एकताको काम नसकिँदै पार्टी फुटाउने अंक गणित जोड्न क्रियाशील मात्रै हुँदैनन् दल विभजानसम्बन्धी अध्यादेश सुटुक्कै ल्याउँछन् किन ? नेपाल राज्य प्रधानमन्त्री केपी ओली र उनको गुटको मनपरी गर्ने थलो होइन । भ्रष्टाचार जति पनि गर्न पाइने रामराज्य विश्वमा कहीं छैन । पार्टीको निश्चित आधार हुन्छ, अनुशासनमा जो पनि बस्नै पर्छ । अराजकताले कसैलाई छूट दिँदैन । कम्युनिष्ट पार्टी विधि, प्रक्रिया र सिद्धान्तमा चल्नैपर्छ । आफू अराजक बन्ने कार्यकर्तालाई अनुशासित होउ भन्ने आदेश कसैले पचाउँदैन । नेकपाको शासनलाई ओली शासनले अन्तिम बिन्दूमा पु¥याएको कुरा सरकारका तीन वर्षे गतिविधि, भएका निर्णयले छर्लङ्ग बनाइसक्यो । अब यहाँ माधव नेपाललाई उचालेर, वामदेवलाई हावा भरेर अर्थ छैन । त्यसैले गुटवाद र परिवारवादका धनाढ्य पुष्पकमल दाहाललाई पुनः झुकाउन प्रधानमन्त्री ओली र उनको टिम लाग्यो भने पनि नौलो हुने छैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल