Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीभित्रै किन विद्रोह गरे अमरेशकुमारले ?

भरतपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। चितवनमा आयोजित महाधिवेशन उद्घाटन कार्यक्रममा हजारौं कार्यकर्ता, समर्थक तथा पार्टी नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पार्टी स्थापना भएको चार वर्ष पूरा भइरहँदा आयोजित पहिलो महाधिवेशनलाई रास्वपाका लागि ऐतिहासिक र महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उद्घाटन समारोहमा पार्टीका अधिकांश पदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तर, रास्वपाका चर्चित सांसद अमरेशकुमार सिंह भने महाधिवेशनको उद्घाटन समारोहमा अनुपस्थित रहे। सर्लाही–४ बाट निर्वाचित सांसद सिंह महाधिवेशनमा सहभागी नभएको उनका स्वकीय सचिव रञ्जित झाले जानकारी दिएका छन्।

झाका अनुसार सांसद सिंह हाल काठमाडौंमै रहेका छन्। ‘उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नआउनुभएको हो भन्नेबारे जानकारी छैन,’ झाले बताए।

पछिल्लो समय सांसद सिंहले पार्टीभित्र विभिन्न विषयमा फरक मत राख्दै आएका छन्। उनले सार्वजनिक रूपमा समेत असन्तुष्टि व्यक्त गर्दै आएका छन्। साथै, संसदमा पनि सरकारको कामकारबाहीप्रति आलोचनात्मक धारणा राख्ने गरेका छन्।

सांसद सिंहको अनुपस्थितिलाई लिएर पार्टी वृत्तमा विभिन्न चर्चा भइरहेका छन्।


सम्बन्धित समाचार