Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीमा किन असन्तुष्ट छन् जनार्दन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको असन्तुष्टिले माओवादीभित्र ठूलै खैलाबैला ल्याएको छ । पछिल्लो समय पार्टीभित्र आन्तरिक छलफलको क्रममा प्रचण्डले छलफल घटाएपछि शर्मा असन्तुष्ट रहेको बुझिएको एक पदाधिकारीले बताएका छन् । ती नेताले भने, उहाँले पार्टीमा आफूसँग अध्यक्षबाट छलफल भएन भन्ने विषयमा पनि असन्तुष्टि पोख्नुभएको जस्तो हो । अध्यक्षले अहिले उहाँसँग छुट्टै बस्नुभएको पनि छ । केन्द्रीय कमिटीको बैठकसम्ममा पुग्दा समस्या हल होला । नेतृत्वका विषयसहित शर्माले पार्टीभित्र उठाएको प्रश्नमा अधिकांश नेताहरुको समर्थन रहेको दाबी गर्दै पार्टीभित्र नयाँ बहस ल्याएको ती नेताको बुझाइ छ । ती नेता थप्छन्, जनार्दनले नेतृत्वमा रुपान्तरण हुनुपर्‍यो, संघीयतामा जानुपर्‍यो, समावेशितामा जानुपर्‍यो, नेतृत्व चयन पनि जनवादी पद्धतिबाट आउनुपर्‍यो, पदाधिकारीमा महाधिवेशनमा पनि केन्द्रीय कमिटीबाट निर्वाचितत भएर आउनुपर्छ भनेर राख्नुभएको थियो । उहाँले महासचिवमा पनि उम्मेदवारी दिएर प्रतिस्पर्धाबाट आउनुपर्छ भन्नुभएको थियो । उहाँ आकांक्षी हुनुहुन्थ्यो, अहिले विधान बनेको छ । कार्यान्वयनमा आएको छैन । यो प्रश्न जायज छन् । पार्टीले विधान बनाएपछि कार्यान्वयनमा जानुपर्ने शर्माको जोड छ । विधान पारित गरेपछि कार्यान्वयन हुनुपर्‍यो । कमिटी पनि विधानअनुसार बनाउनुपर्छ । अहिले २१ सदस्यीय पदाधिकारी छ । विधानले १५ सदस्यभन्दा बढी चिन्दैन । अब कसलाई राख्ने, के गर्ने, कुन पद्धतिबाट ल्याउने भन्ने विषयमा महासचिव, उपाध्यक्ष कति राख्ने, त्यसैले अब जनवादी प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्छ, शर्माको भनाइ थियो । त्यसो त यो विषय अर्का उपमहासचिव हरिबोल गजुरेलले पनि यसअघि बसेको पदाधिकारी बैठकमा लिखित रुपमै राखेका थिए । उनले विधान कार्यान्वयन गर्न अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । तर, शर्माले पार्टीलाई थप सुदृढ बनाउन नै आफूले प्रश्न उठाएको प्रष्टीकरण दिएका छन् । शर्माको भनाइ थियो, मैले जेजे कुरा उठाएको छु, अध्यक्ष र पार्टीलाई सवल र सुदृढ बनाउन उठाएको हुँ । त्यसो त शर्मापछि अध्यक्ष प्रचण्डले पनि उठाएका वैचारिक र राजनीतिक विषयलाई समेटेर जान समस्या नभएको बताएको प्रवक्ता सापकोटाले बताए । बैठकमा प्रभाकरजीले उठाउनुभएको वैचारिक र राजनीतिक विषय समेटेर जान कुनै समस्या छैन । नेतृत्वको विषयमा छलफल चलाउँदै जाउँला । उहाँले उठाउनुभएको विचार संश्लेषण र पार्टी निर्माणका बारेमा प्रदेशस्तरमा छलफल र परामर्श गरौं । नेतृत्वको विषयमा थप छलफल गर्न सकिन्छ, प्रचण्डको भनाइ थियो । त्यसो त प्रचण्डले आफू नेतृत्व छाड्न तयार भए पनि परिस्थितिले नदिएको बताउँदै आएका छन् ।


सम्बन्धित समाचार