Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पीडित किशोरी भन्छिन्, मध्याराति बलात्कार गर्यो

काठमाडौं । बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् । संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् ।
उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् । शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् । सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् । पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ । पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन् ।

यस्तो छ दुर्गेशको बयान
अभिनेता पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।
‘मिति २०७८।०१।१४ गते राति प्रदिप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने कुरा थाहा हुन आएकोले मिति २०७८।०३।२३ गते काठमाडौं अनामनगरमा हामी भेला जम्मा भई पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा भनिएको छ । उनले पीडित किशोरी र पलसँग एकै समूहमा काम गर्दै आएको उल्लेख गर्दै बाग्लुङको गल्कोटस्थित बिद्यालयको सांस्कृति कार्यक्रममा पनि सँगै सहभागी भएको बताएका छन् । त्यहाँ २०७७ चैत १३ गते जाँदा पीडित नाबालिका, प्रतिवादी, अन्य साथीहरू कृष्ण जोशी, सम्राट चौलागाई र योगेश काजीसँगै भएको उनको बयानमा उल्लेख छ ।

 

११७ प्रमाण तथा कागजात पेश
१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ। सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश गरिएको छ । घटनाका सम्बन्धमा देख्ने तथा सुन्ने १६ जना पनि सवुत प्रमाणका रुपमा उल्लेख गरिएको छ । यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ । यस्तै घटनास्थलको मुचुल्कासहित सम्बन्धित विवरण र प्रमाण गरी ११७ वटा कागजात पेश गरिएको छ ।