Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुजासँग रित्तिए रोशन (भिडियाेसहित)

काठमाडौं–अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज छ । गीतको भिडियोमा गायक रोशनसँग अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पुजा र रोशनको केमेष्ट्री मिलेको छ । विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको सहायक निर्देशक, माधव शर्माको एशोसिएट निर्देशन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।