Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्णबहादुर कांग्रेसले माग्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए । त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो ।तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे । विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।

प्रतिउत्तर नदिने खड्काको घोषणा
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यस विषयमा खड्काले भने, यस्ता कुरा नगरौँ। त्यतातिर जनाऔँ। यस्ताको पछाडि लागेर हुन्छ ? कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्दै सबैलाई वडा–वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएपछि खड्का विपक्षमा उभिएका थिए। गत चैत ३० मा उनले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले कारबाहीको प्रक्रिया अघि बढाएको हो। यसअघि चैत १४ मा पनि खड्काले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेका थिए। यसअघि केन्द्रीय अनुशासन समितिले चैत १८ गते कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनाधिकृत वक्तव्य जारी गरेको भन्दै यस्तो कार्य नगर्न सचेत गराउने निर्णय गरेको थियो। गत चैत ३० मा खड्काले पुनः कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेस सात दिने प्रष्टीकरण सोधेको छ।