Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यतिबेला चौथो सातामा प्रदर्शन भईरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारँगीले ब्यबसायिक रुपमा ऐतिहाँसिक रेकर्ड बनाएको छ । अहिलेसम्मकै सर्वाधिक हिट भईरहेको चलचित्र पूर्णबहादुरको सारँगीबिरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, दरवारमार्गमा कथा चोरी सम्बन्धि उजुरी परेको छ ।
चलचित्र निर्माता तथा कलाकार अजित लामिछानेले आफ्नो चलचित्र लाजको कथा र केही प्लटहरु लिएर चलचित्र पूर्णबहादुरको सारँगी बनाएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका हुन् ।
चलचित्र लाजका लेखक पनि अजित लामिछाने नै हुन् । अजितकै लेखनमा यस अघि लघु चलचित्र लाज निर्माण भएको थियो । चलचित्र लाज विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शन भईसकेको छ । जसमा अजित आफैंले कलाकारको रुपमा समेत काम गरेका थिए । सोही कथालाई परिमार्जन गरेर कथानक चलचित्र लाज निर्माण गर्नको लागि आफुले पूर्णबहादुरको सारँगीका निर्माता एवम् बाँसुरी फिल्मस्का अध्यक्ष रामबाबु गुरुङलाई लाजको स्कृप्ट दुई वर्ष अघि पठाएको लामिछानेले बताएका छन् ।
आफुले चलचित्र लाजको कथा दुई वर्ष अघि पूर्र्णबहादुरको सारँगीका निर्देशक सरोज पौडेललाई पनि सुनाएको कलाकार तथा लेखक लामिछानेले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दिएको उजुरीमा जिकिर गरेका छन् । तर यतिबेला चलचित्र पूर्र्णबहादुरको सारँगी हेरेपछि आफ्नो चलचित्र लाजको कथा र प्लट चोरिएको जानकारी पाएको लेखक तथा कलाकार अजित लामिछानेले उजुरीमा उल्लेख गरेका छन् ।
लेखक लामिछानेका अनुसार उनले चलचित्र लाजको स्कृप्ट निर्माता एवम् निर्देशक रामबाबु गुरुङलाई पनि दिएका थिए । आफ्नो स्कृप्टमा चलचित्र निर्देशन गर्नको लागि आफुले सो स्कृप्ट दिएको पनि उनले बताए,निर्देशक रामबाबु गुरुङले मेरो लाजको स्कृप्ट पढेपछि मलाई नै निर्देशन गर्न सल्लाह पनि दिनु भयो र आफुले निर्माणमा सघाउँछु भन्नु भयो । निर्देशक गुरुङले भने अुनसार आफुले लाजको स्कृप्ट परिमार्जन गरेर रामबाबुलाई भेट्न खोज्दा उहाँले फोन उठाउनु भएन र हाम्रो भेट पनि भएन । यतिबेला रामबाबु गुरुङले नै निर्माण गरेको चलचित्र पूर्णबहादुरको सारँगीमा आफुले दुई वर्ष अघि रामबाबुलाई दिएको स्कृप्टको कथा पाउँदा साह्रै दुख लागेको पनि लामिछानेले बताएका छन् ।
चलचित्र लेखक तथा कलाकार अजित लामिछानेले निर्माणधिन चलचित्र लाजको स्कृप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा २०७७ पुष १३ गते दर्ता गराएर प्रमाणपत्र समेत लिएका थिए । सो प्रमाणपत्रमा चलचित्र लाजको स्कृप्ट २०७१ सालमै लेखिएको पनि उल्लेख गरिएको छ ।
यसरी ४ वर्ष अघि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता भईसकेको कथा सारमा चलचित्र पूर्णबहादुरको सारँगी निर्माण भएको भन्दै लामिछानेले सो रजिष्ट्रार कार्यालयमा ५ मँसिरमा उजुरी दिएका हुन् । यस्तै आफ्नो प्रतिलिपि अधिकारको लागि लेखक तथा कलाकार लामिछानेले जिल्ला प्रहरी परिसर माईतिघरमा पनि ६ मँसिरमा उजुुरी दिएका छन् । यि दुबै उजुरीमाथि सम्बन्धित कार्यालयहरुले यतिबेला अनुसन्धान गरिरहेको जनाएका छन् ।
यसै बिषयमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी कर्मचारीले हामिसँग भनिन्, चलचित्र पूर्णबहादुरको सारंगीका निर्माता र निर्देशक बिरुद्ध मँसिर ५ गते हाम्रो कार्यालयमा उजुरी परेको थियो । सो उजुरीलाई कारवाहीको लागि हामीले काठमाडौं जिल्ला प्रहरी परिसरमा ६ मँसिरमा पठाएका छौं । यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको पनि ती कर्मचारीले बताईन् ।
यता कथा चोरीको आरोप चलचित्र पूर्णबहादुरको सारँगीका निर्देशक सरोज पौडेलले भने,यो सरासर निराधार आरोप हो । सामाजिक कथाका केही अँश मिल्नुलाई ठुलो मान्नु हुन्न । उनले अगाडि भने,लेखक अजित लामिछानेले मलाई स्कृप्ट सुनाएको भन्ने कुरा झुठो हो । उहाँको स्कृप्टमा थारुको कथा छ भने मेरोमा गाईनेको कथा भएकाले चोरीको आरोप प्रति मेरो असहमति छ । आफुहरु पनि यो मुद्धा बिरुद्ध प्रतिकारको लागि तयार रहेको र अजित लामिछाने बिरुद्ध भोलीका दिनमा मानहानीको मुद्धा हाल्ने पक्षमा रहेको पनि निर्देशक सरोज पौडेलले राजधानीलाई बताए । यो चलिचत्रले प्रदर्शनको २४ दिन शनिबारसम्म नेपालमा ४३ करोड ४० लाख रुपैयाँ ग्रस ब्यापार गरिसकेको पनि उनले जिकिर गरे । चलचित्रको ब्यापारमा असर पार्न यस्ता प्रकरणहरु आईरहेको पनि उनले बताए ।
यो चलचित्रलाई कथा चोरीको आरोप दोश्रो पटक लागेको हो । यसअघि पनि नवलपुरका पत्रकार एवम् लेखक डा. श्यामशँकर बस्यालले आफ्नो उपन्यास सँग्रामपुरको कथा चोरेर चलचित्र पूर्णबहादुरको सारँगी निर्माण गरेको आरोप लगाएका थिए । तर उनले प्रहरी तथा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएनन् ।
यसपटक अजित लामिछानेले भने प्रहरी र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमै उजुरी दिएका छन् । उजुरी लामिछानेले राजधानीसँग भने, हुन त मलाई पूर्णबहादुरको सारँगीको टिमले यो प्रकरणमा मिलेर अघि बढौं र मुद्धामा नजाउँ भनेका थिए । यसरी आफुहरुको दिएको स्कृप्ट भोलीको दिनमा अरुको पनि चोरी नहोस भनेर नयाँ नजिरको लागि मैले कानूनीबाटो रोजेको हुँ । अब यो मुद्धालाई न्यायालयले हेर्ने पनि उनले बताए ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल