Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व राजाले दिए दलहरुलाई दनक

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैका उपलक्ष्यमा एउटा भिडियो सन्देश जारी गरेका छन्। र यो सन्देशमा उनले अहिलेको व्यवस्था र नेतृत्वप्रति निराशा व्यक्त गरेका छन्। शाहले कुनै व्यवस्था परिवर्तन वा संरचना र नामहरू फेरेर देश नयाँ नहुने पनि बताएका छन्। ‘देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा पाइन्छ। पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ’ उनले भनेका छन् ‘सनातनी मूलभूत महिमाहरूलाई बिथोलेर, केही संरचनाहरू बदलेर, केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइनहाल्दो रहेछ।’ देशले अहिले पनि सही पात्र खोजिरहेको भन्दै उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच उत्पन्न विवादहरूले आम नागरिक निरास भएको पनि बताएका छन्। ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका यी सबैभित्र उत्पन्न विवाद विग्रह र विकृती आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ। यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन’ उनले भनेका छन् ‘दायित्व के, गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइन ? यी सबैको निराकरण कसले गर्ने ? कोबाट गर्ने ? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो। देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, प्रतिनिधि एंव सही पात्र आज देशले खोजिरहेको छ। विभिन्न तहका जनप्रतिनिधिहरूले जनताको भावनाअनुरुप काम गर्न नसकेको भन्दै उनले अहिलेको व्यवस्थाप्रति जनविश्वास पनि खस्किदै गएको दाबी गरेका छन्।
‘बहुदलीय संसदीय प्रणालीमा जनताको ‍आशा, आकांक्षाअनुरुप राजनीतिक दलहरू हुन्छन्। विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ’ उनले भनेका छन् ‘तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले ति कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको छ। अग्लो सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’