Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वमा बैंक अफ काठमाण्डौको क्यूआर कोड शुरु

काठमाण्डौ । प्रविधिको विकास सँगै खल्टीमा पैसा बोकेर हिड्नु पर्ने पुरोनो परम्मरा टोड्दै आधुनिक अर्थसास्त्रको सिद्दान्तलाई स्वीकारेको नेपाली यृुवा पूस्ताले अब गाडी चड्दा पकेटमा पैसा नराखेपनि आफ्नो यात्रा पूरा गर्ने बाटो खुृलेको छ ।

बैंकहरुको भिडमा आफ्ना ग्राहकहरुलाई आकार्षित गर्ने विभिन्न योजनाका साथ बजारमा सामान खरिद गर्दा आइ एम इ पे बाट भुक्तानी गरे जस्तै बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्नेक्रममा पूर्वी नेपालका यातायात कम्पनिहरुलाई साथ लिएको छ ।

प्राप्त समाचार अनृुसार सो बैंकले विभिन्न कम्पनीका बसहरूमा सो सेवा शुभारम्भ गरेको हो । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरूमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुभारम्भ गरेको छ ।

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन्। हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।