Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका हुन्।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोका कारण आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख छ। प्राकृतिक विपत्तिका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा जनाइएको छ।
सूचनाअनुसार आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाइनेछ। साथै, विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम पनि राखिएको छैन।
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल