Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वसचिव पत्नी हत्या प्रकरणमा कामदारले जबरजस्ती करणी गरेको आशंका

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याअघि जबरजस्ती करणीको प्रयास भएको आशंका प्रहरीले गरेको छ । घरमा कामदारका रुपमा रहेका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबर्जस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिरोध गर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको हो । आत्महत्यापछि भेटिएको चौधरी शवको पाइन्टमा वीर्य भेटिएको प्रहरीको दाबी छ । यद्यपि,प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्नेछ । सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भइसकेको छ ।


सम्बन्धित समाचार