Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वीनारायाण शाहले र्निदिष्ट गरेको राष्ट्रियता

आरम्भ
१७७९ पौष २७ गते जन्मेका पृथ्वीनारायाण शाह को हुन् ? यिनले नेपालको पुन एकीकरणमा निर्वाह गरेको भुमिकालाई कसरी मुल्याङ्कन गर्ने ? यो विषयलाई साम्राज्यवादी, राष्ट्रघाती दलालहरूले भ्रम छर्ने र तोडमोड गर्ने दुस्साहश गरेको पाइन्छ । नेपालको इतिहासमा पृथ्वीनारायाण शाह बारे भ्रम छर्नु पर्ने र अवमुल्यन गर्नु पर्ने कुनै कारण छैन । यसै सन्दर्भमा प्लेखानोभको भनाइ छ ‘इतिहासका महापुरुषहरु आफ्नो समयका सामाजिक सम्बन्धहरुका उपज हुन् र तिनीहरु सामाजिक आवश्यकता अनुरुप जन्मछन् ।’ किनकी पृथ्वीनारायण शाह तत्कालिन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका विर योद्धा हुन् । पृथ्वीनारायण शाहले २१ वर्षको उमेरमा नेपाल पुन एकीकरण अभियान आरम्भ गरेका थिए । पृथ्वीनारायण शाहले करिब ३१ वर्षको समयावधिको राज्यकाल (१८०० सालदेखि १८२५) सम्ममा नेपाल पुन एकीकरणको युद्धभूमिमै बिताए । यो इतिहासका निर्माता जनताले मुल्याङ्कन गरिसकेको विषय हो । त्यसैले पृथ्वीनारायाणलाई नेपालको इतिहासमा द्वन्द्ववादी दुरदर्शी विलक्षण प्रतिभाका धनी आधुनिक राष्ट्र नेपालका निर्माताको रुपमा बुझ्नु नै उनी र राष्ट्र प्रतिको सच्चा मुल्याङ्कन हुन्छ ।

तत्कालीन परिस्थिति
नेपालको तत्कालिन परिस्थिति स–साना राज्यहरूमा विभक्त बाइसे चौविसे राज्यहरू, उपत्यकाका मल्ल राज्यहरू, सेन राज्यहरू आदि राज्यहरूमा आन्तरिक कलह र कचिङ्गलले गर्दा त्यस राज्यका जनता वाक दिक्क हुनुका साथै प्रताडित थिए । अन्तराष्ट्रिय परिस्थितिमा ब्रिटिस साम्राज्यवादको विश्वव्यापी दबदबा हुनुको साथै छिमेकी भारतमा ब्रिटिस साम्राज्यको प्रभुत्व कायम थियो । त्यतिबेला ब्रिटिस साम्राज्यवादी साजीससँग जोडिएको इष्ट–इन्डिया कम्पनीको प्रतिकुल प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई नकार्न मिल्ने अवस्था थिएन । ब्रिटिस साम्राज्यवादले एशियामा प्रभुत्व कायम गर्दै गएको अवस्थामा भारत उसको उपनिवेश बन्न पुग्यो । यसै शिलशिलामा नेपालमाथि आँखा गाड्न थालेको अवस्थामा इष्ट इण्डिया कम्पनी (ब्रिटिस) को आक्रमणबाट नेपाललाई बचाउँदै पुन एकिकरण अभियान चलाउनु कम चुनौतिपूर्ण थिएन । एकातर्फ नेपाल पुन एकीकरण र अर्का तिर सम्राज्यवादी शक्ति बेलायतसँग भिड्दै राष्ट्रको सार्वभौमिकताको रक्षा गर्ने काम त्यति सजिलो कहाँ थियो र ! यस्तो साम्राज्यवादी साजिसलाई मिहिन पाराले नियालिरहेका पृथ्वीनारायाण शाहले त्यतिवेलाको राज्य रजौटाहरूलाई एकिकरण गरी विशाल राष्ट्र निर्माण नगरे साम्राज्यवादीको विस्तारबाट नेपाललाई बचाउन सकिादैन भन्ने बुझे ।

एकीकरणमा पुजारी रानाकी छोरीको प्रेरणा
तत्कालीन वस्तुगत परिस्थितिको कारणले स–साना राज्यहरूको एकिकरण गरी विशाल राष्ट्र निर्माण गर्नु पर्ने आवश्यकता थियो । सोही आवश्यकता पुरा गर्न पृथ्वीनारायाण शाहले एकिकरण अभियान आरम्भ गरे । नेपालको पुन एकीकरणको आरम्भ आधार तथा प्रेरणाको स्रोतको रुपमा पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा राति सपनामा देखेको विषय अवगत गराएका छन् – ‘दुई हातमा दुई खड्ग लिएकी सात आठ बर्षकी कन्या म छेऊ आइन् र मैले सोधेँ– ‘तिमी कस्की छोरी हौ भन्दा पुजारी रानाकी छोरी हुँ भनिन् र दुबै खड्ग मेरा हातमा दिइन् । खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो निल भनिन् । तिम्रो मनोकाक्षा पु¥याइदिएको छ ।’ मगर समूदायकी ती कन्याले सपनामा नेपाल पुन एकीकरण आरम्भ गर्न दिएको प्रेरणा र दलित समूदायका प्रतिनिधि पात्र बिसे नगर्चीले बिपनामा जगाईदिएको आत्मबलबाट नेपालको पुन एकीकरणको अभियान सरु हुन गएको हो । यसरी नेपाल पुन एकिकरणमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राम्हणलगायत कामी, दमाई, सार्की आदि जाति, समूदायहरुबाट महत्वपूर्ण साथ सहयोग हुन गएको कुरा इतिहासको अध्यनबाट जान्न सकिन्छ ।

नेपालको पुन एकीकरण हुनभन्दा अगाडिको विश्व
नेपालको पुन एकीकरण हुनभन्दा अगाडि विश्वका अधिकांस देशहरु भुरे टाकरे, स–साना राज्य रजौटाहरुमा बिभक्त भएको पाइन्छ । साथ साथै कतिपय देशहरु टुक्रिएका, कोही साम्राज्यवादी उपनिवेसको पञ्जामा परेका थिए । नेपालको पुन एकीकरण सम्पन्न भएको १०० बर्ष पछाडिसम्म पनि जर्मनी, इटाली जस्ता थुपै देशहरु टुक्रा टुक्रा अवस्थामा रहेको पाउँछौ । इतिहासको अध्यन गर्दा नेपालको पुन एकीकरण भएको झण्डै १०० बर्ष पछिसम्म अन्योल र अन्धकारमा तड्पिरहेको जापानमा पनि पछि मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्न पुगेको परिघटना ताजै छ । आज विश्वको शक्ति राष्ट्रको उपमा पाएको संयुक्त अधिराज्य अमेरिका समेत ऊ बेला नेपालको पुन एकीकरण हुनुभन्दा झण्डै ३० बर्ष पछि बेलायती साम्राज्यको उपनिवेश भएको पाउँछौ । नेपालको पुन एकीकरण सम्पन्न भएको ३ दशकपछि मात्र अमेरिकाले बेलायती सम्राज्यबाट उन्मुक्ति पाएको दृष्टान्ट छ । तत्कालिन विश्व परिवेसमा छरिएर रहेका स–साना भुरे टाकुरे, राज्यहरूलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्र निर्माण गर्न सम्भव थिएन । त्यतिवेला शान्तिपूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहाँस संसारमै कहिँ कतै पनि भेटिँदैन । अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रायः सबै राष्ट्राहरुको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको हतियारबद्ध युद्धको प्रक्रियाबाटै हुन पुगेको छ । जस्तैः रुसका राष्ट्र निर्माता सम्राट जार, चिनका राष्ट्र निर्माता सी ह्वाङ्ग ती, जर्मनका राष्ट्र निर्माता विस्मार्क, फ्रान्सका राष्ट्र निर्माता नेपोलियन, भारतका राष्ट्र निर्माता अशोक आदि देशहरु वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धहरुको विधिबाटै निर्माण भएका हुन् ।

पुन एकिकरणको समयमा खाँडो जगाउने अभियान
माक्र्सवादीहरूले इतिहासको मुल्याङ्कन गर्दा वस्तुगत परिस्थितिको ठोस विस्लेशण गरी ऐतिहासिक भौतिकवादी सिद्धान्तको जगमा मूल्याङ्कन गर्नुपर्छ । यहि मुल्याङ्कनको विधिनै न्यायसंगत र वैज्ञानिक हुन्छ ।
एउटा सानो गोर्खाको राज्यका राजा पृथ्वीनारायण शाहले विशेष योजनाका साथ आफ्ना भाइभारदारहरूको सहयोगमा विशाल राष्ट्र नेपाल निर्माण गर्ने महान अभियान तथा क्रान्ति छेडने कुरा सामान्य कुरा थिएन । आधुनिक राष्ट्र निर्माण गर्न दृढ संकल्पका साथ उनले आवश्यक तपसिलका राजनीतिक, कुटनीतिक तथा सामरिक आदि कार्यनीति रणनीति अपनाएका थिए । जुन तत्कालिन इतिहाँसले उजागर गरेको पाईन्छ । नेपाल पुन एकिकरणको समयमा जनशक्ति जगाउन खाँडो जगाउने अभियानको सत्रपात हुन पगेको थियो । खाँडोलाई राष्ट्रिय जागरण मन्त्र र गानको रुपमा सर्वत्र प्रचारित गरिएको हो । यश गानलाई राष्ट्रिय गानकै रुपमा पनि बुझिन्थ्यो । जसलाई यसरी पश्किईन्थ्यो ‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलीविराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल जित्न भनी चले, राना–मगर, गुरुङ, कुवर, पाध्ये, बोहोरा, अर्याल, प्रसाई, खनाल, पाँडे, भूसाल आदि साथमा चले, भोट, दिल्ली, किल्ला–काँगडा, लंका–पलंकामा चल्दै श्री पशुपतिनाथ, गुह्यकालीसँग जीतबाजी मागे । उँधो गंगाको साँध, टिष्टामा गई खाँडो पखाली, बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!! श्री पशुपति, गुहेश्वरी, गोरखानाथ, मछेन्द्रनाथ, भैरवनाथ, दक्षिणकाली, बज्रगोगीनी, चार नारायण, नवदुर्गा भगवतीको शरण पाई बैरीले छोडे प्राण । बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!!’

पुन एकिकरणको उपयुक्त नीति
प्रतिद्वन्दीसँग वैवाहिक र मितेरी सम्वन्ध कायम गर्ने । ब्यापारिक घाँटिको नाकावन्दी गर्ने । युद्ध उपर्यूक्त किल्लाको अधिग्रहण र सैनिक चौकिको स्थापना । सैनिक शक्ति वृद्धिका लागि आधुनिक खरखजानाको जोर जम्मा गर्ने । विजय प्राप्त क्षेत्रका जनताहरूको अधिकार सहितको सुरक्षा गर्नुका साथै सामाजिक न्याय दिने र युद्धमा सहभागी भाइभारदारहरूलाई यथोचित मर्यादा गर्ने । उपर्यूक्त नीतिका साथ पृथ्वीनारायाण शाहले नेपाली जातिको सांघुरो घेरालाई फराकिलो बनाउने कदम अगाडि बढाए ।  उनले पुनः एकिकरणको पहिलो लक्ष्य नुवाकोट राज्य बनाउँछन् । गतिलो हातहतियार नभए लडाई जित्न सकिँदैन भनेर बुझेका वृथ्वीनारायाण शाह कांशी तर्फ गइ आवश्यक हतियार र वारुद लिई साथमा हतियार बनाउनेशेष जरबर, ममतकी, भेखा सिंह नामक तीन जना दक्ष मुसलिम कालिगढ लिएर गोर्खा फर्किन्छन् । त्यस पश्चात तेस्रो चोटी नुवाकोट आक्रमण गरी वि.सं. १८०१ मा विजय हासिल गर्छन् ।

मुगल सम्राट र ब्रिटिस सम्राटका फौजसँग युद्ध
पृथ्वीनारायण शाहले १८१९ सालमा मकवानपुरमा भएको मुगल सम्राट्का सेनापति मिर कासिम नेतृत्वको फौज र १८२४ मा ब्रिटिस सम्राट्का सेनापति क्याप्टेन जर्ज किनलक नेतृत्वको फौजविरुद्धका अन्तर्राष्ट्रिय युद्धहरू लडे । जो नेपालको इतिहासमा गौरवपूर्ण छ । पृथ्वीनारायण शाह आफ्नो फौजसँगै विदेशी फौजसँग युद्ध लड्न मकवानपुर पुगेर मकवानपुर दरबारदेखि अन्दाजी चार कोस टाढा स्थित ठिंगनमा युद्ध मुख्यालय खडा गरे । त्यहीबाट आफ्ना भाइहरू तथा सेनापतिलाई युद्ध लड्न आदेश फर्मान गरेर युद्ध भयो । यसरी पृथ्वीनारायण शाहकै तजबिजमा गोर्खाली सेनाले १८१९ मा मुगल सेनामाथि विजय प्राप्त गर्न सफल भयो । कान्तिपुरका राजा जयप्रकाश मल्लले सुनियोजित निमन्त्रणामा पृथ्वीनारायण शाहको पुन एकीकरण अभियान असफल बनाउन भारतमा रहेको ब्रिटिस सरकारको कप्तान जर्ज किनलकको नेतृत्वमा एक वाहिनी फौज गोर्खा फौजलाई नष्ट गर्ने उद्देश्यले कान्तिपुरमा आउँदै थियो । पृथ्वीनारायणले उक्त फौज नपठाउन ब्रिटिससँग कूटनीतिक पहल गरेको भन्ने पनि इतिहासको अध्यनबाट जान्न सकिन्छ । यति हुदा हुँदै पनि अंग्रेज फौज कान्तिपुर आउने निश्चित भयो । यश पछि पृथ्वीनारायणले दहचोक इन्द्र दहबाट आवस्यक फौज हरिहरपुर दरबार (गढी) र सिन्धुलितर्फ पठाएर आफ्नो शक्ति तयारी अवस्थामा राखे । अंग्रेजका साम्राज्यवादी फौज बागमती खोलाको बाटोहुँदै हरिहरपुर र सिन्धुलीको बाटो कान्तिपुर आउने तय भएको सूचना पृथ्वीनारायण ले चाल पाए । अन्ततः सिन्धुलीमाढी, ढुंगेभञ्ज्याङ, पौवागढी, सिन्धुलीगढी, खुर्कोट हुँदै पनौती पुग्ने भए । पृथ्वीनारायणले यो सुचना इन्द्रदह खलंगामै थाहा पाएपछि उनले अंग्रेज फौजलाई प्रतिहमला गर्ने योजनाका साथ आवस्यक फौजका साथ आफैं सिन्धुली डाँडाको खनियाँखर्क पुगी युद्ध मुख्यालय खडा गर्न सक्षम भए । यसरी सिन्धुली बजारको कमला नदी, सिन्धुलीमाडी–ग्वाङ खोला– ढुंगेभन्ज्याङ–पौवागढी–सिन्धुलीगढीमा फौज तैनाती गराई अंग्रेज फौजका विरुद्ध थुप्रै धराप थापेर आफ्नो सैन्य क्षमता प्रदर्शन गरे ।
पृथ्वीनारायणको सैन्य गुरु योजना अनुसार अंग्रेज फौजका धेरै सेना धरापमा परेर मृत्यु वरण गरे । भनाई अनुसार झण्डै हजारौ संख्यामा अंग्रेज सेना मरे । पृथ्वीनारायण शाहको नेतृत्वको गोर्खा फौज र अंग्रेज फौज विच १८२४ असोज ९ गते भएको यो पहिलो नेपाल–अंग्रेज युद्ध थियो भनेर बुझ्नु पर्छ । नेपाल (अग्रेज युद्धमा नेपालको विजय भए पछि पृथ्वीनारायण शाहले ढुंगेभञ्ज्याङमा रहेको भद्रकाली मन्दिरमा दर्शन गरी गुठी–पैसा दान गरेर दैवी शक्तिको पुजा गरेका थिए । अंग्रेज फौजलाई परास्त गरि विजय हाँसिल गर्नमा राजा पृथ्वीनारायण शाहकै साहस र दृढता सहितको सैन्य कौशलता एवं उचित रणनिति, कार्यनिति तथा कुटनितिको महत्वपूर्ण भूमिका छ । यसरी मुगल र अंग्रेज फौजलाई हराई विजय हाँसिल गरेका उच्च मनोबल भएका पृथ्वीनारायण शाहको नेतृत्वको गोर्खाली फौजले अब काठमाडौं उपत्यका छिरेर कान्तिपुर हमला गरी नेपाल पुन एकिकरणलाई अगाडि बढाउने निधोका साथ अगाडि बढ्यो ।

काठमाडौं उपत्यकालाई हात पार्ने मनोकाक्षा
यसै सिलसिलामा पृथ्वीनारायाण शाहले काठमाण्डौको चन्द्रागिरी डाँडाँबाट जुङ्गाको ताउ लाउँदै उपत्यकालाई हात पार्ने मनोकाक्षा देखाउँछन् । यहि आफ्नो मनोकाक्षा पुरा गर्न भक्तपुर राज्य संग मितेरी साइनो समेत लगाउन भ्याए । त्यस पछि पटक–पटक सङघर्ष र कुटनीतिक चालवाजीका साथ उपत्यकाका सबै राज्यहरू माथी विजय हाँसिल गर्न पुग्छन । राष्ट्र पुन एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्ध वंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए । पृथ्वीनारायाण शाहले यसरी मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यका माथी विजय हांसिल गरेपछि १८२५ मा आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए ।
यसै सन्दर्भमा उपत्यका विजय पश्चात तत्कालै पृथ्वीनारायण शाहले नेपाल (काठमाण्डौ) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका इष्ट–इन्डिया कम्पनीको जासुसको रुपमा कार्यरत क्रिश्चियन पादरीहरूलाई देश निश्कासनको आज्ञा जारी गर्छन । पादरीहरूले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक र्धमान्त्रण गराई क्रिश्चियन देश बनाउने केपुचिन पादरीको षडयन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायाण शाहले पादरीहरूको र्हुमत लिएका थिए । आधुनीक राष्ट्र नेपालको रक्षयाको खातिर चुनौति वनेका ब्रिटिश साम्राज्यवादको कायृनीति र रणनीति बुझेका पृथ्वीनारायाण शाहले यसो भनेका थिए ‘ब्रिटिशहरू एक हातमा वाइवल र अर्को हातमा तरवार लिएर बस्छन् । यी क्रिश्चियनहरू नेपाल भित्रिए भने यहाँको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, धर्म संस्कृति परमपरामा नराम्रो दखल गर्छन् ।’ यो कुरा बुझेर पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा पहिलै छिरेका क्रिश्चियन पादरीहरूलाई देश निकाला गर्नुका साथै भविश्यमा प्रवेशमा समेत रोक लगाएका थिए ।
यसबाट यो प्रष्ट हुन्छ की पृथ्वीनारायाण ब्रिटिश साम्राज्यवादका हरेक हत्कण्डाका विरुद्ध ससक्त रुपमा लडेर राष्ट्रिय स्वाभिमान र विशाल राष्ट्र निर्माणको अभियानमा दृढ संकल्पित थिए ।

उपत्यका विजय पश्चात पृथ्वीनारायाण शाहको उपदेश
पृथ्वीनारायाण शाहले उपत्यका विजय पश्चाते अमर सिंह थापाको नेतृत्वमा एकिकरण अभियानलाई पूर्वतिर वढाउँछन् । र पुर्वका चौदण्डी, मोरङ्ग बिजयपुर प्रदेशमा विजय हाँसिल प्राप्त गर्छन । पुनः एकिकरण अभियान चलाई रहेकै बखत राजा पृथ्वीनारायाण शाह अस्वस्थ हुन पुग्छन् । त्यतिकैमा दरवार भित्र विभिन्न कलह तथा अन्र्तविरोधको विउ रोपिन पुग्दछ । प्रतिकूल स्वास्थ्यको घडिमा आफ्ना भाईभारदारहरूलाई नुवाकोट दरवारमा ठुलो भारदारी सभा डाकी सवैलाई मिलेर काम गर्न र आफ्नो अधुरोे बाँकी कार्यभार पुरा गर्न अर्ति उपदेश दिएका थिए ।
उनले भनेका थिए ‘वडा दुःखले जोरेको अधिराज्यलाई देशका छोटा वडा सवैले साझा फुलवारी संझेर रक्षा गर्नु, भोग विलास तिर कोही नलाग्नु, आपसमा मेलजोल गरेर रहनु ।’ यस क्षेत्रको जटिल भूराजनीति बुझेका पृथ्वीनारायण शाहले राष्ट्रको स्वत्व रक्षाको सवाललाई लिएर भन्नु भएको थियो – ‘उत्तरको वादशाहसँग घाहा (राम्रो सवन्ध) राख्नू, दक्षिणको वादशाहसित घा ता राख्नू तर त्यो महाचतुर छ । एकदिन त्यो बल आउनेछ । सन्धिसर्पण हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजी हालिराख्नू । यो इश्वरले रचना गरेको किल्ला हो । जाई कटक–लडाई नगर्नू, झिकी कटक गर्नू ।’ पृथ्वीनारायाण शाहले राष्ट्र एकिकरण मात्र गरेनन् उनले दिगो स्थिरता र समृद्धिको लागि केही महत्वपूर्ण चिर स्थाई कार्ययोजना समेत तय गरेर छाडेका छन । जस्तैः यो राजे दुई ढुङ्गाको तरुल जस्तै रहेछ । विदेशको कपडा लगाउन मन्हाई गरी दिनु, आफ्ना देशका कपडा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बु्न्न लगाउनु । आफ्नो देशको जिनिस र जडिवुटी विदेश लैजानु र नगद पैचनु र पर्जा मोटा भया दरवादर बलियो रहन्छ, राजाका भण्डार भन्याका रैतनहरू हुन । घुष लिने र दिने दुवै राष्ट्रका शत्रु हुन ।खानी भयाका ठाउँमा गाउँ भय पनि गाउँ अरु जग्गामा सारीकन पनि खाने चलाउनु, ग¥हो वस्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नु आदि दिर्घकालीन महत्वका उपदेश एवं योजनाका कारण पृथ्वीनारायण शाह दुरदृष्टि विकाश प्रेमी थिए भन्ने कुरा अझ सुस्पष्ट हुन्छ । यसर्रीे पृथ्वीनारायण शाहले चन्द्र–सूर्य अंकित झण्डा फहराएर सनातन हिन्दु र वौद्ध धर्मालम्वीहरुको समेत चित्त बुझाएर असली हिन्दुस्थान नेपाल बनाउन सफल भए ।
पृथ्वीनारायाण शाह जिवनको अन्तिम घडिमा पनि आफ्नो विशाल समृध राष्ट्र नेपाल निर्माण अभियानबाट प्राप्त उपलब्धीहरू नगुमुन भन्नेमा चिन्तीत थिए । यसै सिलसिलामा अस्वस्थ राजा पृथ्वीनारायाण शाहको वि.सं. १८३१ मा निधन भयो । राजा पृथ्वीनारायण शाहको जन्म १७७९ पुस २७ मा भई १८०० मा राजा भई १८३१ माघ १ गते मृत्युवरण भएको हो ।

सोकलाई शक्तिमा बदल्दै
पृथ्वीनारायाण शाहको असमायिक निधनबाट देशले ठूलो क्षति व्यहोर्नु प¥यो । सोकलाई शक्तिमा बदल्दै उनको अधुरो सपनापुरा गर्न उनका उत्तराधीकार भाइभारदार–प्रताप सिंह शाह, रण बहादुर शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भिमसेन थापा, वलभद्र कँुवर, दामोदर पाण्डे, राम कृष्णा राना लगायतको शक्तिसाली दलवदले एकिकरण अभियान जारी राखिनै रहे । विशेष त बहादुर शाह र अमर सिंह, भिमसेन थापाको विशेष नेतृत्वमा नेपालको सिमाना पुर्वमा टिष्टा र पश्चिममा कांकडासम्म फैलिरहेकै घडिमा अङग्रेजहरूको सामरिक तागत पनि शक्तिसालि भैसकेको थियो ।त्यस वखत अङग्रेजले नेपाललाई तीन चार तीरबाट घेर्ने रणनीति अपनाई एकै चोटी आक्रमण गरीहाले । वहादुर नेपाली लडाकुहरूले पनि आफ्नो सम्पूर्ण तागत खर्चेर लडन कुनै कसर बाँकी राखेनन् । तर अन्तिममा प्राविधिक कमजोरीका कारण नेपालले अङग्रेज सँग युद्ध रणनीति वदल्यो । मेची पूर्वका र महाकाली पश्चिमका साथै तराइका केही भुभाग छोडेर इ.सं. १८१६ मा सदयन्त्र मुलक ढङ्गले सुगौली ड्राफ्ट अनुवोदनको परिस्थिति निर्माण गर्न नेपाललाई बाध्य पारीयो । जसबाट नेपालले धेरै भुभाग गुमाउनु प¥यो । यसरी उतार चढावका वावजुत वृथ्वीनारायाण शाहले जगाएको एकिकरणको अभियानबाटै आज हामी सिर ठाडो पारी नेपाली भई बाँच्न सकेका छौँ ।

पृथ्वीनारायण शाहका पुरोहित
पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्याल भन्नुहुन्छ, ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि चारैतिरबाट मुनिजनहरुले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन हन्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’ तसर्थ यो ठोकुवा गर्न सकिन्छ की पृथ्वीनारायाण शाहकै उदयको कारणले आधुनिक नेपालको जन्म हुन पुगेको हो विशाल राष्ट्र निर्माणको महान अभियान नेपालको इतिहांसको स्वर्णिम अध्याय हो ।

ऐतिहासिक भौतिकबादी दृष्टिकोणबाट मुल्याङ्कन
आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकबादी दृष्टिकोणबाट मुल्याङ्कन गर्दा तत्कालिन बस्तुगत परिस्थितिको तड्कारो आवश्यकता एवं अपरिहार्यताको रुपमा महत्व पूर्ण कदम भनेर बुझ्नु नै युक्ति युक्त र वैज्ञानिक हुन्छ । यसै सन्दर्भमा इतिहाँसमा व्यक्तिको भूमिकाबारे एंगेल्स भन्नु हुन्छ ‘महापुरुषहरु जन्मनुमा सामाजिक साँचोले आधारको काम गर्छ, मानिसमा भएको विशिष्ट क्षमताले उसलाई समाजकै वक्ता बनाई दिन्छ ।’ एकिकरण अभियानमा नेपाली पक्षबाट प्रचुर देशभक्तिको भावनाले अभिभुत भै त्याग, वीरता र वलिदानको अपूर्व कीर्तिमान स्थापित गरियो । त्यसैले पृथ्वीनारायण शाहको नेतृत्वको एकिकरण अभियानलाई नेपालको इतिहाँसमा महान छलाङ्गको रुपमा बुझ्नु पर्छ ।एकिकरण बारे नेकपा अध्यक्ष भन्नु हुन्छ ‘उत्पादक शक्तिको सामान्य विकाशले माग गरिरहेको नया उत्पादन सम्वन्धको आवश्यकताले देशमा विद्यमान स–साना राजा, रजौटा कविलाई गणतन्त्रको उपस्थिति अनावश्यक बन्दै गयो । यो बस्तुगत आवश्यकताले एउटै बलियो केन्द्रीकृत सामन्ती राज्य सत्ताको विकाश हुन पुग्यो नवोदित र कमजोर राज्य भएर पनि गोरखाका पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानले सफलता प्राप्त गर्नुका पछाडी यसै बस्तुगत आवश्यकताले काम गरेको तथ्यलाई अवमूल्यन गर्नु एतिहासिक भौतिकवादलाई नै नबुझ्नु मात्र ठहर्छ ।’

यहाँ स्मरणीय छ की सामन्ती राजतन्त्र विकास सम्बन्धी नेपाली प्रकृया फ्रेडरिक एङगेल्सले परिवा, निजी सम्पत्ती र राज्यसत्ताको उत्पतीमा गर्नु भएको अनुसन्धान र संलेशन सँग मेल खान्छ । पृथ्वीनारायणको उक्त माहान अभियानलाई गोर्खाको सानो थुम्के राजाको ठुलो देशको राजा बन्ने दाउको रुपमा बुझ्नु गल्ति हुन्छ । युद्धमा भएका सामान्य कमी कमजोरी औँल्याउँदै पृथ्वीनारायण शाह माथी अनावश्यक अनुचित आक्रमण गर्नु देशभक्त नेपालीको लागि सोभनिय कुरा होइन ।आज रुस, चीन, जर्मन, फ्रान्स, भारतका हरेक कम्युनिष्ट पार्टी लगाएतका राजनीतिक पार्टीहरू एवं विभिन्न समुदायहरूले त्यहाँको राष्ट्र निर्माण गर्ने वीर सम्राट तथा राष्ट्र निर्माता प्रति सच्चा सम्मान गर्न कुनै कञ्जुसाई गर्दैनन् । तर हाम्रो देशमा ठीक उल्टो छ । विदेशी राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने तर आफ्नो राष्ट्र निर्माताको वेवास्ता गर्नु वेठिक कुरा हो । हामीले हाम्रो सभ्यता र इतिहाँसको उपहास गर्ने होइन की उच्च सम्मान र उचित मूल्याङ्कन गर्न विलम्व गर्नु हुँदैन । राष्ट्रिय भावना जागृत गराई राख्न राष्ट्र निर्माता र विभुतीहरूको सम्मानमा राष्ट्रिय पर्वको रुपमा उत्सव मनाउने कार्य गर्न राज्य स्तरबाट अनिवार्य छ । यसो गर्न सकेमा राष्ट्रियतालाई थप मज्वुत वनाउने आधार प्रससत हुन्छ र यहि जगमा राष्ट्रिय एकता, शान्ति तथा समृधी प्राप्त गर्न सकिन्छ । त्यसैले निर्दिष्ट लक्ष्य प्राप्तीका लागि विधी शास्त्र संमत, जनमत, देशकाल परिस्थिती अनकूल निर्धारीत राष्ट्रिय एजेन्डाहरू निशंकोच सर्वस्वीकार्य हुन आवश्यक छ । यसैले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतीको दिशा बोध गर्दछ । यहिनै पृथ्वीनारायाण शाह लगाएत विभुती एवं सहिदहरूले र्निदिष्ट गरेका राष्ट्रिय एकताको मार्ग निर्देशन हो । (लेखक प्रगतिशिल लेखक संघका महासचिव हुनुहुन्छ)