Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोल चुस्दै डिएसपी हमाल, गृहमन्त्री यिनैका दूत

काठमाडौं । सशस्त्र प्रहरीको समाज कल्याण शाखा पेट्रोल चुसेर धन कमाउन सफल छ । त्यो शाखाका प्रमुख डिएसपी महेन्द्र हमाल छन् । जो काँग्रेसी नेता भन्दा ठूला छन् । सशस्त्रले बनाएको आचारसंहिता यिनलाई लाग्दैन । नेता मन्त्री भेट्नु यिनका लागि नौलो होइन । काँग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवा यिनको दोस्ती भएको दाबी गर्छन् । एसएसपी दिपेन्द्र कुँवर त भानुका ज्वाइँ नै हुन् । त्यो कारण सशस्त्रका आईजीपीले बनाएको आचारसंहितामा यस्ता चरित्र समेटिन दिँदैन । केन्द्रीय लेखाबाट अस्पताल पुगेका डिएसपी गणेश मल्ल सुदूरपश्चिम डोटीकै हुन् ।
पहिले भनिन्थ्यो गयो डोटी, खायो रोटी, फर्केर आउँदा धोती न टोपी । तर अहिले त्यस्तो छैन । सुदूरपश्चिमेलीहरूको एकताले सशस्त्रभित्र राम्रै मनोपोली चलिरहेको छ । महेन्द्र हमाल, गणेश मल्ल, दिपेन्द्र कुँवर जस्ताको टिमले आइजीपी राजु अर्याल मात्र होइन हुने वाला आईजीपी नारायण दत्त पौडेल, वंशी दाहालसम्मलाई गन्दैनन् । किनकि यो टिम सशस्त्रभित्र पैसावाल ठेकेदार र दलालको रखवारी गर्न जागिर छाड्न तयार टिम हो । हतियार र बन्दोबस्तीको सामान सप्लायरहरू यो टिमको चाकडीमा आउँछन् डिएसपी हमाल लगातार समाज कल्याणमा किन हुन्छन् ? राजनीतकि पहुँच र पैसा हो । सशस्त्रलाई अस्पताल एरियामा थोत्रा घर भिडाएर ठगेका हमाल तिनै हुन् जो गणेश मल्लको समय भएसम्म केही हुन्न भन्छन् । चाकडी बढी गर्नु पर्ने मल्लसँग केन्द्रीय लेखाका केही अधिृकत आक्रोशित थिए । उनको निष्ठा र त्यागकै कारण सघाउन सशस्त्रको अस्पतालभित्र डिएसपी सुरेश खतिवडा पनि पठाइएका छन् । सशस्त्रमा यस्ता निष्ठावान धेरै छन् । वर्षौदेखि प्रबन्धमा रहेका भानुका ज्वाइँ दिपेन्द्र कुँवरका हेरालु डिएसपी महेन्द्रले पेट्रोल ग्राहक ठगे पनि कुनै कारबाही हुने छैन । किनकि गृहमन्त्री रमेश लेखक नै यिनका संरक्षक हुन् । यिनीहरू काँग्रेस भएर फौजमा लिला चम्काउँछन् । राजु अर्याल आईजीपी छन् । उनीपछि आईजीपी हुने नारायण दत्त पौडेल, वंशी दाहाल पनि नेताको सम्पर्कमा पक्कै होलान् । तर हमाल, मल्ल र कुँवरको टिम लागेपछि गृहमन्त्री समेत हटाउने क्षमता भएको दाबी गर्न हमाल सक्छन् । सशस्त्रको बढुवामा कसैले चासो नदिँदा उनीहरूको पद पद बढुवा गर्ने माओवादीका गृहमन्त्री थिए तर यिनले ठाउँ अनुसार रामबहादुुर थापा, जनार्दन शर्मा, नारायण काजी श्रेष्ठकै विरुद्ध कुरा लगाउन काँग्रेसी कुलाइनको शरणमा पुगेको बुढा निलकण्ठ श्रोत बताउँछ । ग्राहक ठगेर पेट्रोल पिउने डिएसपी हमालको ध्यान लुट्ने हो भन्ने कुरा पेट्रोल पम्पको लापरबाही हो । तर आईजीपी अर्याल जाने बेलामा कसैप्रति पूर्वाग्रही हुन चाहँदैनन् । किनकि निरीक्षक बैकुण्ठ घिमिरे पेट्रोल पम्पका हाकिम छन् । महेन्द्र हमालको त्यहाँ कमाण्ड छ । त्यो कमाण्डसँग एसएसपी प्रबन्धका कुँवर छन् । गणेश मल्ल त सबैका राजा भए । उनको सद्भावले सबै पग्लिन्छन् । मल्ल राजाहरूको धङधङी सुदूरपश्चिममा यिनका जासुस जताततै छन् । आठौं छापहरू यिनकै चाकडी गर्छन् । राजा गदगद हुन्छन् । महेन्द्रको खुवी यही हो । छानविन हुने हो भने हमालले भिडाएको जग्गाको मूल्य अहिले पनि त्यो अवस्थामा छैन । त्यो बेला सबै खञ्चुवा मिलेर सरकारी पैसा हजम गरिएको हो । उता हैसियत नभएका डिएआईजी किशोर प्रधान एआईजी बन्न फुर्सदमा कुदेकै छन् । जहाँ गयो त्यहाँ असक्षम प्रधानले संगठनमा इतिहास रचेका छैनन् । किस्तीमा एआईजी कसैले दिँदैन । तयारीमा लाग्न पैसा खर्च नगर्ने प्रधानका विरुद्ध सशस्त्रमा ठूलै टिम छ । प्रधान क्षमताले भन्दा क्रेनले तानेर त्यो पद पाउने भाग्यमानी हुन् । एआईजी हुन उनको पाराले दिँदैन ।


सम्बन्धित समाचार