Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल