Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। संचालनमा आएको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा नै भद्रगोल देखिएको छ। आन्तरिक उडान डिले हुँदा आन्तरिक तर्फको यात्रु व्यवस्थापनमै चुकेको विमानस्थल कार्यालय अन्तर्राष्ट्रिय उडानका लागि कतिको व्यवस्थित होला भन्ने प्रश्न उठेको छ
यतिखेर विमानस्थल टर्मिनल भवनमा रहेका विदेशी पर्यटकसँगै आन्तरिक यात्रु बस्ने ठाउँ नपाएर बिचल्लीमा रहेको एक यात्रुले बिजमाण्डूलाई बताए।
ुपाँच सयजना भन्दा बढी यात्रु टर्मिनल हलमा छन्। व्यवस्थापन बध्रगोल छ। यात्रुहरु बस्न सीट नपाएर कोही भुईँमै बसेका छन् त कोही घण्टौँदेखि उभिइरहेका छन्, ती यात्रुले भने। विमानस्थल कार्यालयसँगै वायुसेवा कम्पनीहरुले यात्रुलाई भएको दुःखमा थाहा नपाए झैं गरिरहेको गुनासो उनले गरे।
चेक इनमा बस्न पर्याप्त ठाउँ चैन। विमानस्थलको शौचालयमा फोहोर भरिएको छ। आइतबार उद्घाटन समारोह हेर्न ठूलो भीड विमानस्थल आइपुगेको थियो। भीडसँगै भएको फोहोर विमानस्थल व्यवस्थापनले तह लगाइसकेको छैन।
त्यसले सोमबार यात्रुलाई अप्ठयारो भएको हो। यात्रुहरुका अनुसार चेक इनमा निकै समय लाग्ने गरेको छ। बस्न पर्याप्त सीट छैन। शौचालय पस्नै नसकिने गरी फोहोर र दुर्गन्धित छ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल