Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पौडेललाई टिमले पत्याएन

काठमाडौं । पार्टीको १४औं अधिवेशन आइसक्यो । नेताहरू भने आ–आफ्नै झमेलामा छन् । काँग्रेसले आफ्नो इतिहासलाई जोड तोडले बचायो । सभापति शेरबहादुर देउवाले आफ्नो टिमलाई कसरी घोषणा गर्छन् र आफू बलियो ढंगले प्रस्तुत हौला भनेर बसेका रामचन्द्र पौडेलले आफैंभित्र मिलाउन सकेका छैनन् । रामचन्द्रलाई साथ दिँदै आएका अर्जुननरसिंह केसी, डा. रामशरण महतहरू पनि पदाधिकारीको ठाउँमा जाने आश गर्दा गर्दै थन्किएका हुन् । त्यतिमात्र होइन उनलाई आफ्नै गृहजिल्लाका केन्द्रीय सदस्यहरूले समेत साथ नदिँदा उनको पक्षका सभापति उम्मेदवार बैकुण्ठ न्यौपानेले पराजय भोग्नुप¥यो ।
विगतमा देउवालाई साथ दिने कृष्णप्रसाद सिटौलाहरू नै यस पटक पुन तेस्रो धारमा जोडिएकै छन् । सिटौलाले जोडेको तेस्रो धार रामचन्द्रको कमजोर उपस्थितिका कारण जोडिन सकेन । जनता र राष्ट्रको पक्षमा काँग्रेसको जीवन्तता रहनुपर्छ तर संगठन विस्तारको पाटोमा भने सबैको कमजोरी छ । कमी कमजोरी हटाउन सबैले जोड दिनुपर्छ । आन्तरिक पाटो बलियो बनाउनु छ भने गुटको अन्त्य हुनैपर्छ । हिजो कोइरालाहरूले जसरी चलाए त्यसरी नै चलाउने प्रयास शेरबहादुरले गरेका हुन् । तर, उनी आफ्नै गृहजिल्लामा कमजोर भए । किनकि त्यहाँ कर्ण मल्ल विद्रोही बन्न प¥यो ।
काँग्रेसभित्रका योजनाहरू अब क्रमशः खुम्चेका छन् र तिनको कार्यक्रमहरूलाई सहज बनाउन पार्टी क्रियाशीलता जरुरी चाहिन्छ । विमलेन्द्रले देउवालाई त्याग्नु भनेको विजय गच्छदारसँगको सम्बन्ध बलियो देखिनु हो । गुट धेरै हुँदा पार्टी कमजोर हुन्छ । कमजोर पार्टीले जनताको भावना पुरा गर्न सक्दैन । प्रधानमन्त्रीको ठाउँमा शेरबहादुर हुँदा र एमालेका केपी ओली हुँदा सरकारको क्रियाशीलता चुस्त छैन । सरकार सक्रिय भएन भने जनताको काम ओझेलमा पर्छन् । आज पनि सत्ता गठबन्धनमा तिनै छन् । जो ओलीबाट प्रताडित थिए । केपी ओलीको हुुकुम धान्न नसक्दा अदालतले पार्टी फुटायो । ओलीले राम्रै ठाने । उनी पार्टीमा सर्वसम्मत बलवान भए । उनकै टिम विजय भयो । देउवाको लागि पनि त्यही खोजिएको हो । शेरबहादुर देउवा सर्वसम्मत हुँदैनन् । तिनका पछाडि रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि छन् । उनीहरू सबै एकै पदमा भिडेका छन् । एकले अर्कोको विश्वास नगर्ने प्रवृत्ति नै राजनीतिमा दूषित बन्दैछ । राज्यका प्रत्येक कार्यक्रमलाई जोड्ने सेतु भनेको दृष्टिकोण हो सिद्धान्त र संघर्ष हो । आदर्श बन्न सकैले सकेनन् । सरकार छ त्यसले सरकारको गठबन्धनमा सहभागी दलहरूको बीचमा सहमतिको एजेन्डा सफल बनाउन सक्नु पर्दछ । सरकारले नयाँ योजना ल्याएन ।
त्यसका लागि कार्यक्रम आएन । जब कार्यकर्ता र जनता जोडिन पुग्छन् त्यो बेलाका योजना सफल हुन्छन् । राज्य तहबाट गर्नु पर्ने धेरै काम हुन्छन् तर योजना बनेन भने त्यो कामको ख्याल हुँदैन । अबको राजनीति भनेको काँग्रेस, एमाले, माओवादी राष्ट्रिय रुपमा, मधेशका दलहरू क्षेत्रीय रुपमा स्थापित हुनेछन् । तर एजेन्डा यिनको फरक छन् । जनताको पक्षमा यी दलहरू मिल्न सकेका छैनन् । नेपाली भएर नेपालकै परिचयपत्र नपाउने दशा पनि यही छ । नेकपाको सरकारले समेत नागरिकता जस्तो विषय विवादरहित बनाएन भने काँग्रेससँग सत्तामा भएको जसपाले कसरी मिलाउँछ नागरिकतासम्बन्धी विवाद प्रतिक्षाको घडी छँदैछ ।