Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र माधवलाई उराल्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रम केपी अ‍ोलीको आन्तरिक योजना कसैले पत्ता पाउँदैनन् । बोलीमा कठोर, व्यवहारमा कतिलाई छुद्र कतिलाई शालिन लाग्ने केपी पन आज पूर्व राष्ट्रपतिको हकमा कठोर देखिए पनि उनीहरूबीचको सम्बन्ध कसैले बुझ्दैन । राजनीतिमा कुटनीतिक र कुटनीतिको छुद्रताले धेरैलाई केपी ओलीले सिध्याए भन्ने लाग्छ । तर विद्या राष्ट्रपति केपी प्रम यही सम्बन्धले बनायो । ओलीको व्यवहार बुझेर पूर्व राष्ट्रपतिले पनि छुद्रता देखाएकी छैनन् । उनले पनि भद्र शैलीमा बोलिन् । बरु पार्टी बैठकमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेहरू केपीसँग नोक झोँकमा उत्रिए यी दुवै चुनावमा पराजित हुन् । युवराज ज्ञवाली भद्र भए । सचिव योगेश भट्टराईले लामो समयको पीडाबाट भूमिका बाँधेर केन्द्रीय केन्द्रीय कमिटीमा विद्याकै वकालत गर्दा ओलीले स्यावासी दिए । कमाउ अभियानको योगेश आफ्नै जिल्लावासीबाट थुनिएका नेता हुन् । केपी ओली त्यो सबै बुझ्छन । पाथिभरा केबलकार प्रालिले योगेशको श्रोत बन्न पुगेको छ ।
ओलीले आफ्ना विरोधी माधव र प्रचण्डको नाडी छामे । उनीहरू पुष्पलाल स्मृति कार्यक्रममा भुक्नुसम्म भुके । आफू नेतृत्व अरुलाई नदिने एमालेका केपीले त्याग्नै पर्ने प्रचण्ड माधव तर्क जबज मिश्रित खाओवाद नै हो । विद्यालाई नेतृत्व दिन तयार यी दुवै पात्रको विचार र सिद्धान्त पनि खाओवाद नै हो । जसले पतञ्जली काण्ड चलाए । तुक नभए पनि प्रचण्डलाई रिश उठेकाहरूले क्यान्टोनमेन्टको कुरा गर्छन् । बरु सुन तस्करसँग माओवादी नेता जोडिएको विषय चर्किदैन । तस्कर र माफियाकै सेबक सबै छन् । एमालेले सार्वजनिक सम्पत्ति माफियालाई दिन्छ नेता कमाउँछन् । पाथीभरा केबलकार योगेशको आम्दानी थामसेर्कु नेपाल ट्रष्ट ईश्वरको खान्की गिरिबन्धु प्रम ओलीकै हो । पशुपति जलारीका पण्डा उनै हुन् । भिजिट भिसा नक्कली भुटानी झापाको टावर प्रम ओलीकै शुद्धताको प्रतिक भनेर नबुझ्नेले लौ एमाले फुट्छ केपीले सक्छन् भन्छन् तर गुह्य कुरो अर्कै छ ।
एमाले अध्यक्ष ओलीको राष्ट्रवादीको चिन्तन स्वार्थ के हो भन्ने कुरा उनले गरेको राष्ट्रघाती महाकाली सन्धि र त्यसले पारेको नेपालमा असर हो । कमाई उसको भयो । भारतीय प्रम नरेन्द्र मोदीले त उनको राष्ट्रवाद म झोलेमै नंग्याए । देख्दा ओलीले विद्यालाई पन्छाउन पोलिब्युरो स्थायी कमिटी केन्द्रीय कमिटी प्रयोग गरे । जो विचार, विधि, प्रक्रिया र विधानको कुरो आफूले ठाउँ नपाउँदा गर्छ त्यसको तागत देखियो । ओलीले खोजेको त्यही थियो । कम्युनिष्टका नामका स्वार्थीहरूको रहन सहन, मोज मस्तीमा केपी जति सौखिन हुन सक्लान् उनको पछि लागेर महासचिव भएका शंकर पोखरेल कम छैनन् । उनकै श्रीमती जतजाति सांसद भइन्, जबज यही हो । अबका दिनमा पोखरेलले प्रत्यक्ष चुनवा जित्न कठिन छ । किनकि उनले चुनाव हारेका जतिलाई राष्ट्रिय भूमि बेचेर लालपुर्जा वितरण गर्ने मुखिया बनाएको प्रम केपी ओलीलाई पनि रुचेको छैन । जनताले त्यो बुझ्छ । विद्याका विरुद्ध शंकर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली जस्ता मुर्कुट्टाहरूलाई भिडाएर भोलि केपीले नै विद्यालाई अध्यक्ष पदमा सर्वसम्मत बनाउने, वापमन्थी एकता गर्ने, चुनावपछि आफू राष्ट्रपति बन्ने योजना बनाउने गरी त्यो खेल भएको हुनसक्छ । किनकि ओली जति कुद्ध छन् उनी नरम पनि छन् भन्ने कुरा माओवादीका होस्ल्याङ अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्धसँग हो । हिजो प्रचण्डसँग टाढा बनाउने भ्रष्ट शिरोमणि ईश्वर पोखरेल हुन् । जसले राष्ट्रपतिका नाउमा वितरण हुने पदक पनि बेचे, सेनाको नाममा कोरोना कालमा रु ४ को माक्स ३५० सम्म हजम गर्न भ्याए । ओम्नी, हुकाम यीनको पुत्रका कम्पनी थिए । यी सबै बुझेका ओलीले उनीलाई कारबाही नगर्नु अख्तियारको उजुरी रोक्नु नै अहिले ईश्वरहरूको हविगत बुझ्नु हो ।
भित्री कुरा केपीका कति छन् । तिमी कुटे झैं गर म रोएझैं गर्छु भन्दै सबैतिर डिजाइन ओली बनाउने विद्या हस भन्ने अवस्था त्यहाँ छ । त्यो बेला अहिले विरुद्धमा उत्रने र समर्थन गर्नेबीचको बोलचाल बन्द भएको अवस्थामा शेरधन राई, महेश बस्नेत, ऐन महरहरूको पौरखी काण्ड महाधिवेशनले स्वीकार्ला शंका छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल