Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डका घरवेटीलाई सरकारी डण्डा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरवेटीमाथि सरकारले डण्डा चलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको हो। ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल ल्याउन नसकेपछी ठेक्का रद्द गरिएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएका हुन् । दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउने र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ। भुसालका अनुसार शैलुङसँगको २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द गरिएको हो। यी दुई कम्पनीले भदौ २० गतेसम्म समान २५ हजार युरिया मल खरिद गरेर नेपाल ल्याइसक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता गरेका थिए।