Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको जवाफसँगै माओवादी बैठक सकिने

काठमाडौँ । शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अध्यक्ष प्रचण्डले जवाफ दिएर आज सकिँदै छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर समापन गर्ने तयारी गरिएको हो । अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ आफ्नो धारणा राख्नेछन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् । आजको बैठक ११ बजेबाट सुरु हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल