Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको पछि लागेकोमा पछुताउँदै साह

चितवन । मधेशको क्षेत्रीय दल खोल्ने योजना असफल भएपछि नेकपा (एमाले) का नेता प्रभु साह अध्यक्ष ओलीको भक्त बनेर प्रस्तुत भएका छन् । साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप लगाए । हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं, उनले भने, चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन । ‘भरतपुर काण्ड’ चितवनका लागि धब्बा भएको भन्दै त्यो मेटाउन जरुरी रहेको बताए । उनले अहिले पनि असली माओवादी एमालेमै रहेको दावी गरे।