Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको पुच्छर बन्दा आफ्नै राजनितिक क्यारियर सिधियो !

काठमाण्डौ । १५ वर्ष महासचिव भई सिङ्गो एमाले हाकेका माधव कुमार नेपाललाई तत्कालीन एमाले अध्यक्ष प्रधानमन्त्री केपि ओलीले सडकमा पुर्याइदिएका छन् । केहि समय अगाडि तीनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल मिलेर यीनै केपि ओलीलाई साधारण सदस्य नरहने गरि कारवाही अगाडि बढाएका थिए । त्यो कारवाही उनीहरुको लागि नै बेक्कार रह्यो । जब अदालतको फैसला आयो केपि ओली शक्तिशाली बन्दै गए । हुन सक्छ केपि ओलीले बद्लाको भावनाले पनि पार्टीबाट ६ महिनाको लागि निस्कासन गरि आफ्नो रिस पोखेको !

अबका दिनमा माधव नेपालले पार्टी विरोधी कुनै पनि गतिविधि गरे अझ शसक्त रुपमा कारवाही अगाडि बढाउने कुरा भनेकै छन् र गर्ने छाट पनि ल्याएका छन् । आठौ महाधिवेशनमा केपि ओलीलाई स्टेज नदिइएको कुरा पनि केपि ओलीले सम्झेकै होलान् । यस्तै यस्तै धेरै कारणहरुले गर्दा केपि ओली माधव नेपाल प्रति खरो रुपमा उत्रिएको हुनुपर्छ । केपि ओलीको बहस चल्ने हो भने माधव नेपाललाई सिङ्गलो एक्लै बनाउन खोज्छन् । कति सम्भव असम्भव छ त्यो समयले देखाउला । अदालतको फैसला आउनु अघि तीन वरिष्ठ नेताहरु माइती घरमा चीउरा र दालमोट चपाएर आन्दोलन गरेको सबैलाई थाहै छ ।

माधव नेपालको लागि यस्तो दिन नआओस् त्यही माइती घरमा चिउरा र दालमोट खानको लागि साथ दिने कार्यकर्ता होलान् भन्न सकिदैन । केपि ओलीको भाषणमा प्रचण्डको मामुली कार्यकर्ता हुन खोज्दा उनको आफ्नो स्थर सकिएको उनैले सोचेका होलान् । यस्तै-यस्तै घटनालाई हेर्दै जाने हो भने माधव नेपाल केपि ओलीको सरणमा आत्मा आलोचना गर्दै माफी माग्दै जानु बाहेक अरु विकल्प छैन । एमाले कार्यकर्ता माझमा पनि यस्तै किसिमको आवाज उठ्ने गरेको छ ।