Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ, १० असोज । पार्टीको कुनै एजेन्डा नभएको भन्दै नेकपा माओवादी पार्टी परित्याग गर्दै मोरङको कानेपोखरीमा सिंगो गाउँ नै एमालेमा समाहित भएका छन् । शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन माओवादी नेताहरु एमालेमा समाहित भएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले खदा ओढाएर स्वागत गर्नुभएको थियो । समाहित हुने माओवादी पार्टीका जिल्ला कमिटि सदस्य, गाउँ कमिटि सचिवलाय सदस्य र वडा कमिटि सचिवलाय सदस्यहरु रहेका छन् ।
यस अघि नेपाल कम्युनिष्ट नेकपा पार्टी बाट एमाले र माओवादी अलग हुदा गाउँ कमिटिमा जिम्मेवार प्राप्त गरेका चित्रबहादुर राई, डम्बर कटुबाल र टेक बहादुर तामाङ भने एमालेमै बसेर पार्टीका गतिविधिहरु गर्दै आउनुभएको थियो । टेक बहादुर तामाङ भने गत स्थानीय तहको निर्वाचनमा माओवादी पाटीबाट ४ नं। वडामा वडाध्यक्ष उमेद्वार हुनुहुन्छ । उदिप लिम्बुको नेतृत्वमा चमक बहादुर कार्की, यामबहादुर कार्की, राम बहादुर खड्का, भादुलाल चौधरी, कमला मगर, ज्ञान बहादुर मगर, सिचाई माझी, इन्दिरा राई गीता, सुनिल लिम्बु, सुरेश गुरुङ, खम्बरसिंह कटुवाल, लक्षमण कार्की, गंगा मगर, पदम कटुवाल, मन कुमारी माझी, फुलमाया माझी, सन्तकुमार राजबंशी, बालकृष्ण घोरसाई, विरवहादुर बम्जन, विमला कटुवाल लगाएत रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं। ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि सहसंयोजक सुशिल बुढाथोकी, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नविन पौडेल, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य तथा वडा नं। ६ का अध्यक्ष कुमार फुयल, अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटि अध्यक्ष मुना श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँकमिटिका संयोजक अशोक फुयल लगाएतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको थियो । त्यसैगरी सचिव इश्वरी बस्नेतले कार्यक्रम संचालन गर्नुभएको थियो ।
२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल