Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ। एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ। यो भ्रमण १०–१२ दिनको हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग वार्ता गर्नेछन्। प्रचण्डको भ्रमणअघि एमाले नेताहरुले चीनको भ्रमण गर्न लागेका हुन्। भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टीका कुन तहको नेता भेट्ने खुलेको छैन। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उच्च तहका नेतृत्वसँग बेइजिङमा भेटवार्ता हुने सम्भावना छ। यसअघि जेठ ६ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासहितको २० सदस्यीय टोलीले चीनको भ्रमण गरेको थियो। त्यसपछि माओवादीका महासचिव देव गुरुङले चीन भ्रमण गरेका थिए। अहिले प्रमुख प्रतिपक्षीमा रहेको एमालेका उच्च तहका नेताहरुलाई भ्रमणमा बोलाएर चीनले केही सन्देश दिन खोजिरहेको देखिन्छ। एमालका अन्तर्राष्ट्रिय विभाग प्रमुख डा राजन भट्टराईले महासचिवसहितको भ्रमण निश्चित भए पनि टोलीमा रहने संख्या र मिति तय नभएको बताए।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल