Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई हेगको हाउगुजी

काठमाडौं । सत्ता प्राप्त गर्नु अगाडि जुनसुकै सम्झौता गर्ने तर कुर्सी पाएपछि त्यस्ता सम्झौता त्याग्ने नेकपा ओली गुटको चरित्र फेरि उदांगो भएको छ । मानवअधिकार र द्वन्द्व पीडित न्याय दिलाउने नाममा सिआइएको पैसा लिएर गैर सरकारी संस्था चलाएका सुशील प्याकुरेल, सुबोध प्याकुरेल, डा. कुन्दन अर्याल, विष्णु रिमाल, अग्नि खरेल, सपना प्रधान, हरिकृष्ण कार्कीजस्ता प्रधानमन्त्री ओलीको निकटमा रहेका चरित्रहरूकै कारण पर्दा पछाडिबाट उचाल्ने भ्रष्टहरू चम्केका छन् । जसको मुद्दा र एजेण्डामा देश चलेको छ उसैलाई अन्तर्राष्ट्रिय अदालतको हौवा देखाएर राज्यमा ब्रम्हलुट मच्चाउन सक्रिय यो गिरोहको पछाडि लाग्दा पुष्पकमल दाहालले पनि पटक पटक लोप्पा खाएका छन् । दाहाल बिग्रेकै अहंकारी राजनीति चेतनाविहीन र घमण्डी श्रीमतीका कारण हो । छोरो प्रकाश बिगार्ने सिता नै हुन् । जनयुद्ध लडेको नाउँमा आफ्नो गुट बाहेक अरुलाई (मोहन वैद्य, नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराई) खेदेर मस्ती गरेका प्रचण्ड गुटका जनार्दन शर्मा, हरिबोल गजुरेल, नारायण दाहाल, कृष्णबहादुर महरा, वर्षमान पुन अहिले प्रधानमन्त्री ओलीकै दलाली गर्दैछन् । यिनीहरूबाट पनि एक्लिँदै जाँदा अध्यक्ष प्रचण्डको निम्ति पार्टी पनि बाँकी नरहने स्थिति हुन सक्छ । प्रचण्डले आफ्नैलाई रिझाउन नसक्दाको बोझ हिजो एमालेको जासुसी संयन्त्रले थाहा पाएको हो । माओवादीको नाममा मानवअधिकारको धन्दा चलाएकाहरूको विश्वास डलरको खेती गर्नेहरूको थिएन, एमाले कम्युनिष्टको नाममा मन्दिरा शर्मा, गौरी प्रधान, विष्णु रिमालजस्ता ठेकेदारहरूलाई तत्कालिन एमालेले डलर संकलनको जिम्मा दिएकै हो । विचारमै खोट, व्यवहारमै खोट सँगतमै खोट भएको जान्दाजान्दै भारतीय दलालहरूलाई माओवादी केन्द्र सुम्पनुले पुष्पकमल दाहालको लागि अहिले काल बन्दैछ भन्ने कुरा छर्लङ्ग छ । एमालेले खेदेको बेला प्रचण्डलाई धम्क्याएर पैसा अशुल्ने दिनानाथ शर्मा बोल्दैनन् । टिमका लागि पैसा उठाउने नारायणकाजी खुच्चिङ भन्छन्, रामबहादुर थापाको फितलो गृह प्रशासनले ध्यान दिँदैन । माओवादीको रुपमा प्रचण्ड शासक भएकै बेला पनि एमालेले हेगको कुरा देखाएर फाइदा लिन्थ्यो । अहिले पार्टी एकता गर्दा गरिएका प्रतिबद्धताको चौथो बुँदा प्रचारमा आएपछि ओलीको डिजाइनमा प्रचण्डलाई हेगको निम्तो दिइएको छ । यसका कारण बनेका छन् प्रचण्डले बिच्क्याएका बाल सैन्य लेनिन विष्ट । उनलाई नेपालबाट विदेश भ्रमणका निम्ति बातावरण बनाउने एडभोकेसी फोरम र कनकमणि कम्पनी थियो । प्रचण्डका नाममा ठग्नेहरूले यो सत्य बुझेका छन् ?
२०७५ जेठ २ गते ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले पार्टी एकता प्रक्रिया सम्पन्न गर्न पाँच बुँदे सहमति गरेका थिए । त्यही ५ बुँदामा एकताका विषय समेट्दा प्रधानमन्त्री पद आधा आधा गर्ने आशयको चौथो बुँदा छ । अघिल्लो पटक पनि केपी ओलीले भद्र सहमति तोडेका हुन् । वामदेव गौतमले त्यो सहमतिको पक्षलिँदा चुनावमा हराइए । त्यो बखत नेपाली काँग्रेस एमालेभन्दा बलियो थियो । प्रचण्डले देउवासँग गठबन्धन गरेर ओलीलाई छœयाएकै हुन् । वामदेव गौतमलाई प्रयोग गरेर अध्यक्ष भएका अ‍ोलीले ईश्वर पोखरेललगाएर बर्दियाबाट वामदेवलाई हराएको थाहा हुँदा हुँदै चुनावी गठबन्धनपछि माओवादी पार्टीलाई सिआइएहरूको जमातमा लगेर फसाएको फल बल्ल पाक्दैछ । कार्यकर्ता, शुभेच्छुकहरूलाई त के भो र सत्यानास हुने ठूलाकै हो । होली वाइनधारी माधवकुमार नेपाललाई केपी ओलीले दिएको पात्लोबाट राजनीतिमा बाँच्नु छ । नेपाल प्रम भएका बेला गरिएको राष्ट्रिय अपराधहरू भूमाफियाहरूले नै सार्वजनिक गरेका छन् । युनिभर्सल पिस फेडेरेशनको टाँचा माधवमाथि जसरी एकनाथ ढकालले लगाइदिए त्यो टाँचा सर्दै ओलीमा लाग्यो तर प्रचण्डसम्म पुगेको थिएन । त्यहाँ सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा थिए । जनयुद्धकालीन घटना देखाएर सधैं तर्साउने नेकपा एमालेको धन्दा अहिले झन् चर्कंदो छ । अहिले राष्ट्रपतिका लागि आकास जाम गर्ने, केपी ओलीका निम्ति आकास जाम गर्ने प्रशासनिक संयन्त्रले कतै नेकपाकै बदनामी गरेको त होइन ? अब शंका छ । जसरी प्रचण्डले परिवारवाद र गुटवादमा थन्केर आमकार्यकर्तामाथि घात गरेका छन् त्यस्तै पारा प्रधानमन्त्री ओलीको छ । पार्टी एकता भाँड्ने औजारका रुपमा हेगको नाम लिने जासुसहरू प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रपति कार्यालयसम्म सक्रिय रहेका छन् । जब एमालेको आन्तरिक खटपट शुरु हुन्छ त्यो बेला प्रचण्डलाई दबाइन्छ । जबर्जस्त प्रचण्डले गरेको पार्टी एकता उनको गुटका खञ्चुवाहरूका लागि फाइदा होला आम कार्यकर्ताका निम्ति पचेको छैन । विचार बिनाको पार्टी, नैतिकता बिनाको नेताको पछि लाग्नेहरू अब घट्ने स्थिति छ । गणतन्त्र, संघीयता, समावेशीताको एजेण्डा सबै दललाई पचेको छ भने माओवादीले जस लिन नसकेको हो । प्रचण्डले आची र गोबर छुट्याउन नसक्दा माओवादी लथालिंग भएको हो । यस्तै कमजोरी थाहा पाएका सिआइएका एजेण्टहरूले प्रचण्डलाई हेगको डर देखाएर ओली ब्राण्डको लट चम्काउन सफल भएका हुन् ।