Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने मान्यता स्थापित गरिएको थियो । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको अवस्थामा एकिकृत संरचना भत्काइयो जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन उनीहरु सफल भए ।जो नेपालको राज्य सत्तामा कम्युनिष्ट पार्टी पुगेको रुचाउदैन थिए ।
त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेका हुन् । प्रम ओली यहाँ पार्टी र जनता भन्दा विदेशीका गोटी बन्न पूगे । त्यसैको परिणामा नेकपा विभाजन भयो । यद्यपि, त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनको दाबी थियो । त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भन्छन् – खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’आफ्नो पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालीहरु निरीह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताए ।
उनले भने नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरीह नै रहन्छौ भन्न पो खोजिएको हो कि तिमीहरुले बढी गर्यौ भने परिणाम भोग्न तयार होउ भनेर धम्कीको आउन थालेको हो कि तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।’ नेपालीहरुलाई निरीह बनाउने खतरा रहेको भन्दै प्रचण्डले आगामी दिनमा झन् जनता र कार्यकर्ता सचेत हुनुपर्ने बताएका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल