Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् । घुस काण्डमा मुछिएपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका गोकुल प्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु परेको दोस्रो दिन भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संस्कार, विचार, राजनीति र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको उल्लेख गर्दै त्यसले राम्रो संकेत नगरेको बताएका हुन् ।
शोभियत संघको विघटनको प्रसंग उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट च्यूत हुँदा समस्या आउने गरेको बताए । हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु देखिन थालेका छन्, अहिले नै भइसक्यो भन्या होइन, आजभोलि यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने, बिग्रिनेतिर जान थाले, प्रचण्डले भने ।
कम्युनिस्टहरु सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभ, लालचा अनि विभिन्न खालका विसंगति, विकृति, भ्रष्टाचारजन्य क्रियाकलपाहरुमा संलग्न हुने गरेको देखिन थालिएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल