Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले भने अवसर पाए किन छाड्ने ?

काठमाडौं । काँग्रेसबाट पाए यतैबाट यहाँ नहुने छाँटकाट नदेखिए एमालेतिर लागेर भए पनि प्रधानमन्त्री बन्ने दाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिरहेका छन् । तर प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको प्रष्टिकरण दिएका हुन्। देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु। तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन, प्रचण्डले भने, बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन। उनले भावी प्रधानमन्त्रीका लागि छलफल चलिरहेको र सत्ता गठबन्धनको बैठक बसेर सजिलै टुंगो लाग्ने पनि बताए। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा जानकारी नभएको पनि उनले बताए।


सम्बन्धित समाचार