Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले भनेजस्तो सजिलो छैन सरकार हटाउन

काठमाडौं । सरकार निर्माणको अन्योल कायम रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए। शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले जनतालाई दुस्ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए। केही दिनभित्रै कालो बादल हट्छ, दाहालले भने, यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं।

दाहालले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको बताए। उनले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको पनि बताए। उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए। उनले हटाइसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई फेरि कायम राखिएको बताए। उनले कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको बताए। सबै राज्यका अंगलाई सन्त्रासमा राखिएको छ।

राज्यका सबै अंगमा जबरजस्ती कब्जा जमाउने षडयन्त्र भएको छ, दाहालले भने, यो निकै ठूलो बिडम्बना हो। प्रचण्डले भनेजस्तो सरकार हटाउन त्यति सजिलो भने छैन । संसदको अंकगणितले ओली सरकार हट्ने छाँटकाट देखिएको छैन । सरकारलाई माओवादीले समर्थन फिर्ता लिएको खण्डमा समर्थन जनाउन जसपाको पूर्व राजपा खेमा तयारी अवस्थामा रहेको छ ।