Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको नया प्राज्ञ परिषदले फागुन ११ गते बसेको पहिलो बैठकबाट नियम विपरीत दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुको तलब/भत्ता रोक्ने निर्णय गरेको थियो । यस्तो दोहोरो आर्थिक सुबिधा लिनु नेपाल सरकारको कानुन बिपरित र स्वयं नेपाल प्रज्ञा प्रतिष्ठानकै ऐनको समेत बर्खिलापमा भएकोले त्यस्तो निर्णय गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले उच्च नैतिकताको प्रदर्शन गरुँ भन्दै दोहोरो आर्थिक लाभ लिए नलिएको बारे स्वघोषणा गर्नका लागि सबै आजीवन सदस्यहरुलाई अनुरोध पत्र समेत पठाएको थियो ।
प्रज्ञा प्रतिष्ठानको त्यस्तो निर्णय अनुसार अब आइन्दा उनीहरूले पेन्सन वा आजीवन भत्तामध्ये एक रोज्नुपर्ने हुन्थ्यो । तर दोहोरो सुविधाभोग गरिरहेका ती आजीवन सदस्यहरूले नेपाली वाङ्मयमा अतुलनीय योगदान गरेका छौँ ,जति पनि सुविधाभोग गर्न पाउनुपर्छ भन्दै तर्क र लबिङ गरिरहेको भेटियो । जुन तर्क कानुनी र नैतिकताको आधारमा मात्र हैन स्वयं नेपाल प्रज्ञा प्रतिष्ठानकै ऐन बिपरित पनि छ । यो आफैँमा आर्थिक र नैतिक भ्रष्टाचार हो, जसबाट निमुखा जनताले तिरेको कर र राज्य कोषको दोहोरो दोहन भएको छ । यसले अझ “स्रष्टाहरू इमानदार ” हुन्छन् भन्ने मान्यतालाई समेत धोती लगाइदिएको छ । यहि कुरालाई पुष्टि गर्दै ११ जना आजीवन सदस्यहरुले उल्टै प्रज्ञा प्रतिष्ठानको निर्णय बिरुद्द सर्बोच्च अदालतमा रिट दिन पुगे । फलत: उनिहरुको रिट उपर बहस गर्दै सर्बोच्च अदालतले बैशाख ५ गते तत्काललाई खाई पाई आएको आर्थिक सुबिधा नरोक्नु भन्ने अन्तरिम आदेश दिएको छ ।
सर्बोच्चको रिटमा उनिहरुले “नेपाली वाङ्मयमा अतुलनीय योगदान” गरेका छौँ भन्ने जिकिर गरेका छन् । तर यस्तो आत्मप्रबञ्चना आफैमा हास्यास्पद अभिब्यक्ती हो । किनभने तुलनै हुन नसक्ने योगदान र वस्तु दुनियाँमा काहीँ पनि हुँदैन । प्रत्येक व्यक्ति र प्रतिभा एकअर्कोमा तुलनीय हुन्छन् । तिनीहरूले “अतुलनीय छौँ” भन्नुले अरू साहित्यिक स्रष्टा वा प्रतिभाहरूको घोर अपमान भएको छ भन्ने आम बुझाई छ । यस बारे अनेक कृया प्रतिकृयाहरु आईरहेका छन् । आम भनाई छ उनिहरुले प्राप्त गरेको अनुचित लाभलाई राज्यकोषमा फिर्ता गरी कार्बाही गर्न सक्नु पर्छ । यसो गर्न नसके बौद्धिक भ्रष्टाचार झन मौलाउने छ, जसको बारेमा आवस्यक परे स्रष्टाहरू आन्दोलनमा समेत जानुपर्ने हुन्छ । सस्तो भावुकतामा नआइ नेपाल सरकार, अदालत र प्रतिष्ठानले यस्तो गलत प्रवृत्तिको नियोजन गर्न सक्नु पर्छ ।
दोहोरो सुविधावाला ११ जना आजीवन सदस्य
१. प्रा. डा. वासुदेव त्रिपाठी
२. प्रा. डा. चूडामणि बन्धु रेग्मी
३. गङ्गाप्रसाद उप्रेती
४. प्रा. डा. योगेन्द्रप्रसाद यादव
५. तीर्थबहादुर श्रेष्ठ
६. आर. डी. ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत)
७. अशेष मल्ल
८. डा. धुवचन्द्र गौतम
९. तोया गुरुङ
१०. तुलसीप्रसाद जोशी (तुलसी दिवस)
११. शशीविक्रम शाह ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल