Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेशको राजधानी सर्दा मुख्यमन्त्रीको गाडीमाथि वर्षियो ढुङ्गा, प्रहरीले गर्याे हवाइ फायर

काठमाडौं । प्रदेश ५ को मुकाम सार्ने निर्णयसँगै बुटवलमा व्यापक विरोधका कार्यक्रम भइरहेका छन् । यही बेला प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ । काठमाडौंबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो ।

प्रहरीले ढुंगा प्रहार गर्ने केहि व्यक्तिलाई समेत पक्राउ गरेको छ । आइतबार साँझ गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको जनाइएको छ । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए ।

ढुंगा प्रहार भएपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।


सम्बन्धित समाचार