Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । केन्द्रमा नेताहरुको लेनदेन नमिलेपछि बिग्रीएको सत्ता उलट पुलट अहिले प्रदेशतिर सरेको छ । नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । तर उनको यो दाबीलाई पार्टीका कार्यकर्ताले रुचाएका छैनन् । राजपाको सरकार रहेको प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुदुरपश्चिममा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो पोखरेलले सामाजिक सञ्जालमार्फत भनेको कुरा ओलीको हितमा छ । तर देश र जनताको हितमा छ कि छैन उनी बुझ्दैनन् किनकी शंखर पोख्रेल ओलीका प्रवक्ता हुन् । माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई पार्टीले शनिबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने माओवादीको तयारी छ। संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा लागेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट मन्त्री बनेका झपट बोहरा पनि एमालेतिर लागेका छन् । बोहोरा मौका अनुसार चौका हान्न सफल चरित्रका नेता हुन् । लेखराज भट्ट भएपछि उनलाई पुगेको छ । तीनै लेखराजको हालत भोली के हुने हो पत्तो छैन ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल