Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानन्त्रीले भने, त्यो सपना नदेखे हुन्छ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा संसद पुनःस्थापना नहुने बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुलाई त्यो सपना नदेख्न चेतावनी दिए । नेकपा केपी ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने– संसद पुनःस्थापना गरी विभिन्न तिगडम गर्ने, जोडजाड गर्ने, सांसद खरिद बिक्री गरेर र पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा हुदैन ।’ प्रधानमन्त्री ओलीले तोकिएकै सयमा निर्वाचन हुने बताए । उनले भने( ‘ तोकिएकै समयमा निर्वाचन हुन्छ । प्रदेश नं। २ मा पहिचो चरण अन्तर्गत २०७८ बैखाख १७ मै चुनाव हुन्छ ।’ उनले पार्टी कार्यकर्तालाई चुनावको लागि तयारी गर्न निर्देशन समेत दिए । उनले भने, पार्टी एकतापछि ३ वर्षदेखि पार्टी÷कार्यकर्ताहरु अकर्मण्यताका शिकार भएका थिए, अब हामी स्पष्ट भइसकेका छौं, सक्रिय भएका छौं, अब आफ्नो योजनासहित चुनावमा जान्छौं । ओलीले चुनाव हुँदैन, संसद पुनःस्थापना हुन्छ भन्नेहरुको भ्रममा नफस्न पनि कार्यकर्तालाई आव्हान गरे । ओलीले ‘प्रचण्ड–माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै अब रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने दाबी गरे । आफूहरु जहिले पनि देश विकास, समृद्धि र सुशासनको पक्षमा रहेको बताउँदै ओलीले अबको २ वर्षभित्र देशले विद्युत अभाव झेल्नु नपर्ने बताए ।
स्मृतिसभामा मन्त्री टोपबहादुर रायमाझीले आफू विकास, समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेको र त्यसको लागि प्रधानमन्त्री ओली उपयुक्त पात्र भएको जिकिर गरे । कार्यक्रममा मन्त्रीहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, जुली महतो, नेता रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने क्रममा प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने करिव १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ५ घण्टापछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।