Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीलाई योगेशले फर्काए कडा जवाफ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश १ सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘आफैँले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैँलाई पुक्क लात हानेर हिँडेको’ भन्दै टिप्पणी गरेकामा भट्टराईले ओलीको स्तर थाहा पाएकोमा खुशी लागेको बताएका छन् । भट्टराईले शनिबार राति ट्वीट गर्दै भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल