Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री दाहाले राजीनामा नदिने

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा पर्नुभएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  तत्काल राजीनामा नदिने मनस्थिति बनाउनु भएको बुझिएको छ । प्रधानमन्त्री दाहाललाई भेटेर निस्कनु भएका एक मन्त्रीका अनुसार तत्काल प्रधानमन्त्री तत्काल राजीनामा दिने मुडमा हुनुहुन्न।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहाललाई  राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसक्नुभएको छ  ।

मङ्गलवार बिहान बालुवाटार पुगेर ओलीले काँग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो  ।

ओलीले काँग्रेससहितका दलको समर्थन आफू प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्नुभएकाले  दाहालबाट राजीनामा आउने अपेक्षा कांग्रेस – एमालेले गरेका थिए  ।

गए राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किने देखिएको छ  । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहनुभएको छ ।

दाहाल निकट स्रोतका अनुसार सरकारका सहभागी दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि उहाँले विश्वको मतको सामना गर्ने आफू निकटका नेताहरूसँग छलफलमा बताउनु भएको छ ।

उता राजीनामा नआए  बहुमतको हस्ताक्षर बुझेर राष्ट्रपतिले नयाँ प्रधानमन्त्री  नियुक्त गर्ने सम्मका बिषयमा छलफल भइरहेको स्रोतले बतायो


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल