Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

काठमाडौं– प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए।

यसअघि प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भेट गरी उद्यमशीलता र आर्थिक गतिविधिसम्बन्धी विषयमा छलफल गरेका थिए। उनले निजी क्षेत्रका प्रतिनिधिसँग पनि छुट्टै भेटवार्ता गरेका थिए।

सरकार गठन भएको १०० दिन पूरा भएपछि प्रधानमन्त्री शाहले राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँगको संवादलाई तीव्र बनाएका छन्।