Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।
मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम राखिएको छ।
प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक प्रतिनिधिसभाको नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्नोत्तर गर्न खोजिरहेका थिए।
आजको बैठकमा मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यस्तै, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि सदनमा प्रस्तुत गरिनेछ।
यसैगरी, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई सरकारको कामकारबाही, समसामयिक राजनीतिक तथा आर्थिक विषय र सरकारका आगामी योजनाबारे प्रत्यक्ष जवाफ माग्ने महत्वपूर्ण संसदीय अभ्यासका रूपमा हेरिएको छ।
२०८३ भाद्र १०
ताजा नेपाल
२०८३ भाद्र १०
ताजा नेपाल
२०८३ भाद्र १०
ताजा नेपाल