Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । सम्बोधनका क्रममा थापाले प्रधानमन्त्री आफैँले ‘मेरो जीउज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु । भन्दै प्रश्न गरे । उनले ओलीको बोलीको ठेगान नै नभएको समेत आरोप लगाए । उनले पदको मोहले गर्दा नेकपाभित्र भाँडभैलो मच्चिएको दाबी गरे । उनले प्रचण्ड–माधव समूहका नेताहरूले अहिले विरोध जनाए पनि पहिले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक काम कारबाहीलाई सहयोग गरेको समेत आरोप लगाए ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल